थारु, मैथली कलाकार नविन चौधरीलाई बचाउन आग्रह

  • आश्विन ३१, २०७८
  • १२२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३१ , असोज । विभिन्न थारु फिल्म र मैथली एल्वमहरुमा मुख्य पात्रको रुपमा अभिनय गरेर चर्चामा आएका स्थानीय सुपरहिट एक कलाकार अहिले जीवन मृत्यु संग संघर्ष गरिरहेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका -९ लक्षणपट्टी बस्ने अन्दाजी बर्ष ३२ को नवीन चैधरी हाल कलिलो उमेरमा जीवन मृत्यु संग लडिरहेको छ । करिब डेढ बर्ष देखी उनी बिरामी भएका छन् । धरान , बिराटनगरको विभिन्न अस्पताल हुँदै उनलाई थप उपचारको लागि हाल काठमाडौ लगिएको छ । कहिले डेङ्गु , कहिले क्यान्सर, किड्नीको समस्या, सुगर लगायतका बिभिन्न रोगबाट ग्रसित कलाकार चौधरीको अहिले कान समेत सुन्न नस्क्ने अबस्था रहेको पारिवारिक श्रोतबाट बुझिएको छ । बर्षौ देखि कहिले आइसीयु, कहिले भेन्टिलेटरमा राख्नु पर्ने भएकोले छोराको उपचारमा अहिले सम्म ४५ लाख खर्च भैसकेको कलाकार नवीन चौधरी कि आमा बिशवरी कुमारी चौधरीले बताए । कालाकार चौधरीले दर्जनौ थारु फिल्म र मैथली एल्वमहरुमा अभिनय गरिसकेका छन् ।

समाद एफ एम लहानबाट आफ्नो क्यारियरको सुरुवात गरेको कलाकार चौधरीको सैया भ्याल जमैया , दिलके टुक्रा , नथिया टुटल सैया खटिया पर , स्पृङ्ग सेट छौ, लगायतका गित र फिल्महरुमा मुख्य पात्र ( नायक) को रुपमा अभिनय गरिसकेका छन् । छोरोको उपचार गर्दा गर्दौ परिवारिक अवस्था अती दयनीय भऐकोले , सम्पुर्ण कलाकारहरु, बुद्धिजीवी , समाजिक अभियन्ता, समाजसेवी , संघ संस्था , देश , विदेशका प्रवासी कमदारहरु लगायतलाई कलाकार नवीन चौधरी बचाउ अभियानमा हातेमालो गरी सहयोग गरिदिन हुन परिवारले अनुरोध गरेका छन् । नविन चौधरीको आमा बिशवरी कुमारी चौधरीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाको खाता न:-२१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरीदिनहुन कलाकार चौधरीको परिवारले आग्रह गरेको छ ।

सहयोग गर्ने मनहरुले पैसा जम्मा गरेको भौचर `कलाकार नबिन चौधरी बचाउ अभियान´ फेसबुक लाईक पेजको कमेन्ट बक्समा पठाई दिनहुन अनुरोध गरेका छन् । थप जानकारीको लागि चौधरीको आमा बिशवरी कुमारी चौधरीको मोवाईल नम्बर:- ९८११७४१३१४ ,श्रीमतिको मोवाईल नम्बर - ९८१४७२२१७७ र कलाकार नबिन चौधरी बचाउ अभियान सम्पर्क नम्बर :-९८६०३५५३३५ मा जानकारी लिन सक्ने छ । बुवा आमाको तीन सन्तान मध्ये जेठो सन्तानको रुपमा रहेको कालाकार चौधरीको करिब ४ बर्षिय एउटा छोरी छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१