Siraha Times
ताजा समाचार

बारा प्रहरीद्वारा धमाधम अबैध मालसमान पक्राउ

  • चैत १४, २०७४
  • ७७५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १४  बाराको विभिन्न ठाउहरूबाट प्रहरीले अबैध मालसमानहरू पक्राउ गरिरहेको छ । भन्सार छली गरि अबैध तरिकाले भित्रिएका मालसमान बारा प्रहरीले धमाधम पक्राउ गरिरहेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार बैद्वारको ठाडो निर्देशनमा सीमाना नाकामा कडाइ गरिएको बताइएको छ । प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहका अनुसार नेपाल तथा भारतको सीमाना नाका लगायतको ठाउहरूमा कडाइ गरिएको बताउनु भयो । 
बारा जिल्लामा अपराधी गतिविधि, तस्करी लगायतको कार्य फस्टाउन नदिन सोचका साथ प्रहरीहरूलाइ निर्देशन दिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनु भयो । उहाले सीमाना नाका लगायत सबै ठाउहरूको युनिट इन्चार्जलाइ निर्देशन दिएको र निर्देशन बमोजिम कार्य गरेको नपाए कारवाही गरिने बताउनु भयो । आउने केही दिनमा बाराबाट तस्करी कार्य पूर्णरूपले बन्द हुने आश्वासन प्रहरी नायब उपरीक्षक साहले दिनु भएको छ । बाराबाट तस्करी लगायत अपराधी गतिविधि समेत समाप्त हुने बताउनु भयो ।Image may contain: 1 person

Image may contain: 1 person, sitting

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१