Siraha Times
ताजा समाचार

भगवानपुर गाउँपालिकाको विकास,समृद्धि; अबको अनुभुति-अध्यक्ष यादव

  • भदौ ३१, २०७८
  • १२८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार।लहान भदौ ३० गते। सिराहाको दक्षिणी सिमावर्ती भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवले पालिकामा नमुना कामहरुको भएको दाबी गरेका छन। शुक्रबार अनौपचारिक रुपमा संचारकर्मीहरुसित कुराकानी गर्दै यस्तो भनेका हुन। पालिकामा विकासको कुनै अनुभुति नभएको खण्डमा अहिले विकासले लगर लिएको यादवले बताए । अहिले वर्तमानमा ८० % प्रतिशत घरधुरीमा खानेपानी पहुँच , सडक , आर. सी सी ढलान,शिक्षा , स्वास्थ्य , पोखरी ठेक्का ,हाटबजार व्यवस्थापन , मठ-मन्दिर लगायतका काममा अहोरात्र खटेरपनि जनताको सेवामा लागिपरेको धारणा सुनाए ।            पालिकामा एउटा यस्तो विशिष्ट पर्यटकीय स्थल र विकास गर्ने अवस्था पनि महजुद छ।माँ बलासुन्दरी मन्दिरको ऐतिहासिक विशेषता छन।करिब १० कठ्ठा क्षेत्रफलमा मन्दिरको संरचना निर्माणका लागि पालिकाले ०७७/७८ मा ३ करोड ४१ लाख ९० हजार २० रुपैयाँ छुट्याएको छ।२०७८ असार २२ गतेदेखि २ वर्षमा काम सम्पन्न हुनेगरी रौताअनसेबी काठमाडौंलाई ठेक्का दिइएको छ।माँ बलासुन्दरीको महिमा उल्लेखनीय छ, भाकल पुरा भएपछि नेपाल र भारतको विभिन्न ठाउँबाट मानिसहरू आउने गरेकोमा दशै , इन्द्रपुजा , गत वर्ष पनि भगवानपुर महोत्सव मनाएको गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादव र स्थानीय राम बिलास सदाले बताएका छन। यो सँगै पालिकामा एउटा यस्तो गाउँ जहाँ , वैश्यनव पुरै टोल नै वैशनव रहेकोमा उनीहरूलाई पनि आउने दिनमा पालिका थप सुनवाइ हुने बताए । कोरोना महामारी समयमा पनि पालिका सराहनीय काम गरेको स्थानीय रामप्रकाश यादवले बताएका छन।जस्तै कृषकहरुलाई मौषम अनुकुल विउँविजन , ज्येष्ठ नागरिकहरुलाई बैंक मार्फत भुक्तानी दिइएका थियोे ।                        माँ बलासुन्दरी मन्दिर दैविकपीठको रुपमा रहेको पालिका प्रमुख प्रशासकीय अधिकृत दिलिप यादवको विश्वास रहेका छन। गौरवशालीको अनुभुति दिलाउन पर्यटन , पुर्वाधारका रुपमा माँ बलासुन्दरी मन्दिरको गौरवशाली योजना रहेको देखिन्छ । पालिकाभित्रका ३ वटै विद्यालयको मुहारस्वरुप नै फेरिएको अधिकृत यादवको भनाइ छ। अधिकृत यादवका अनुसार विकास र समृद्धिका लागि असार १० गतेमा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। यो सँगै चर्चामा रहेको करार खेतीलाई स्तोरोन्नतीमा निरन्तरता दिनुपर्ने अवस्था देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१