मिर्चैया - निःशुल्क स्बास्थ्य तथा बाझोपन शिबिरमा पाँच सय पशुको उपचार

  • असार १४, २०७५
  • १२७८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १२ असार । मिर्चैयामा एक दिने निःशुल्क पशु स्बास्थ्य तथा बाझोपन निबारण शिबिर सम्पन्न भएको छ । शिबिरमा बाख्रा, गाई, गोरु, भैसी लगायतका पशुहरुलाई आज (मंगलबार) निःशुल्क उपचार गरिएको मिर्चैया नगरपालिकाका पशु शाखाका संयोजक नगेश्वर हाथीले बताए । संयोजक हाथीको नेतृत्बमा रहेका २५ जनाको चिकित्सक र प्राबिधिकहरुको टोलीले पशुचौपायाहरुलाई उपचार गरेका छन् ।
टोलीमा पशु प्राबिधिक युगेश्बर साह, डा.रामगुलाम यादब, डा.सुनिल कुमार साह र पशु चिकित्सक राजेन्द्र प्रसाद साह लगायतका रहेका थिए ।

 

पशुहरुलाई निःशुल्क जाँच गरी करीब ७० हजारको औषधी बितरण गरिएको उनले बताए । शिबरमा ३ सय ७२ कृषकका ५ सय ८९ पशुलाई खोप र ५ सय ७ पशुलाई उपचार गरिएको संयोजक हाथीले बताए । 
मिर्चैया नगरपालिका बडा नं. ८ का बडा अध्यक्ष रामजगत यादबको अध्यक्षता तथा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडलेको प्रमुख आतिथ्यमा शिबिर सम्पन्न भएको हो । मिर्चैया नगरपालिकाको आर्थिक सहयोग र पशु शाखाका समन्बयमा शिबिर संचालन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१