ताजा समाचार

मिर्चैया - कुष्टरोगी खोज्न स्वास्थ्य स्वयंसेविकाहरु गाउँगाउँमा

  • असार १२, २०७५
  • ८१२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १२ असार । मिर्चैया नगरपालिकाले कुष्टरोगी खोजी गर्न स्वास्थ्य स्वयंसेबिकाहरुलाई गाउँगाउँमा परिचालन गर्ने भएका छन् । नगरपालिकाका स्वास्थ्य शाखाले आज (मंगलबार) एक कार्यक्रम गरी स्बास्थ्य स्वयंसेबक र स्वयसेबिकाहरुलाई बुधबारदेखि कुष्टरोगी खोजी गर्न गाँउगाँउमा पठाउने बताएका छन् । नगरपालिकाका बडा नं. १, २, ३ र १२ मा कुष्टरोगीहरुमा देखिने  नचिलाउने दागको खोजी गर्नका लागि असार १३ गते बुधबबारदेखि १५ गते शुक्रबारसम्म ७२ जना स्बास्थ्य स्वयंसेबक र स्वयसेबिकाहरुलाई परिचालन गर्ने मिर्चैया नगरपालिकाका स्बास्थ्य शाखा प्रमखु सुरेश सिंहले बताए । 
 
लाटो फुस्रो दाग देखिएमा खोजी टोलीले तत्कालै रोगीलाई रोग निदान टोलीमा पठाउने र त्यहाँ सम्भब नभए सुपरभिजन टोलीमा पठाई निःशुल्क उपचार गरिने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका क्षयरोग तथा कुष्टरोग अधिकृत उमेश यादबले बताए । सिरहामा प्रत्येक १० हजार मानिसमध्ये १.३० प्रतिशतमा पिआर दखिएको छ । यो कार्यक्रम लहान, धनगढी, गोलबजार, कर्जन्हा र सिरहा नगरपालिकामा संचालित रहेको नगरपालिकाका स्वास्थ्य सहसंयोजक बिजय महतोेले बताए । मिचैैया नगरपालिकाको उक्त चारवटै बडामा ९ जना कुष्टरोगी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा हेल् ...

ओम प्रकाश यादव लहान,कार्तिक ११ । सप्तरीको खडक नगरपालिकामा गरिब, असहाय, ज्येष्ठ नागरिक, एकल महिल ...

सखुवानन्कारकट्टीमा श ...

रहमुल, लहान ११ कार्तिक। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रक ...

बोदेबर्साइनमा जसपा न ...

रहमुल, सप्तरी, ११ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–९ सोबरनपट्टीमा विभिन्न राजनीतिक दल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤