Siraha Times
ताजा समाचार

रौतहटको चन्द्रनिगाहपुरमा भीषण आगलागि

  • चैत १४, २०७४
  • १०३१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १४ चन्द्रपुर नगरपालिका वडानं ६ मा रहेको राहुल हार्डवेयर एण्ड फर्निचर उद्योगमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । आज बुधबार बिहान साडे पाच बजेको समयमा लागेको आगो यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन नसकेको पत्रकार आशोक पाहादिले बताए । पसलमा लागेको आगो नियनत्रणका लागि चन्द्रपुर नगरपालिका गौर नगरपालिका र सर्लाहीको हरिऔन नगरपालिकाका तीनवटा बारण यन्त्रले पानी फालेको भएपनि आगो नियन्त्रणमा आउन सकेको छैन् ।

आगलागि भएको स्थानमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेना र ठुलो संख्यामा स्थानीय लागेको भएपनि आगो नियन्त्रणमा आउन सकेको छैन् । आगलागि भएको घरमा फर्निचर बनाउनका लागि प्लाई राखेको र प्लाईको आगो निभ्न नसकेपछि घरनै डोजरले भत्काउने तयारी भएको छ । चन्द्रनिगाहपुर बजारमा सबै घर एक आपसमा जोडिएका कारण अन्य घरमा समेत आगो लाग्ने भएपनि पक्की घरनै भत्काउने तयारी भएको हो ।

Thumbnails_FB_IMG_1522209027532 Thumbnails_FB_IMG_1522208238322 Thumbnails_FB_IMG_1522208242569

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१