Siraha Times
ताजा समाचार

मिर्चैया : युवकको टाउकोमा खुकुरी प्रहार, आरोपमा तीन पक्राउ

  • असार ९, २०७५
  • १६४९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ०८ असार । मिर्चैया नगरपालिका बडा नं. ११ मा एक युवकमाथि खुकुरी प्रहार गरी हत्याको प्रयास भएको छ । मिर्चैया नगरपालिका बडा नं. ११ गदहवा बस्ने हरी यादबको करीब २१ बर्षीय छोरा धिरज यादवमाथि ५-६ जनाको समुहले गएराति खुकुरी प्रहार गरी हत्याको प्रयास गरेको होे । 
 
खुकुरी प्रहारबाट गम्भीर घाईते भएका यादवको मिर्चैया स्थित मंगलम हेल्थ केयरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते  यादवको टाउकोमा २१ वटा टाँका लगाइएको छ भने शरिरको बिभिन्न भागमा निलडाम रहेको बुबा हरीले बताए ।  
 
आफ्नै घरमा सुतिरहेका अबस्थामा गएराति करीब १ बजेतिर आएका उक्त समुहले ढोका खोल्न लगाएर बाहिर बोलाई छोरामाथि आक्रमण गरी ज्यानै लिने प्रयास गरेको बुवा हरिको भनाई रहेको छ । 
 
घटनामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खड्काले बताए । अनुसंधानमा असर पर्ने भएकोले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१