Siraha Times
ताजा समाचार

विवाहपछि प्रेमीसंग प्रेमिका ?,महिलामाथी कुटपिट

  • चैत १३, २०७४
  • १६४२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान, १३ चैत्त । सिरहाको वरियारपट्टी २ श्रीपुरका मुस्लिम बस्तीमा छिमेकी गाउंका एक समूहले चैत्त ११ गते महिलाहरुलाई कुटपिट गरेको छ । एक मुस्लिम केटाले अर्का यादव थरकी केटीलाई प्रेममा पारेर भगाएकोले वरियारपट्टी २ कै जानकीनगर खोक्सी र गोरगमाका तीन सयबढीको एक समूहले श्रीपुरका मुस्लिम वस्तीका महिलाहरुलाई कुटपिट गरेको प्रहरी कार्यालय पतारीले जनाएको छ । 
सो समूहले केटी भगाउंने मोहम्द फुलबरका छोरा सलमान अंसारीलाई खोज्न जांदा उनको घरमा ताला लागेको देखेर घरमा नै क्षति पुरयाएको छ । उता, श्रीपुरको २५ घर मुस्लिम वस्तीका बालबालिका र महिलाहरुलाई ती समूहले कुटपिट गरेको छ । कुटपिटबाट श्रीपुरका समिरन खातुनको ढाड र पिठ्यूमा निलडाम परेको छ भने उनका पति मजबुललाई समेत ती समूहले कुटपिट गरेका छन् । यस्तै फुलबर मियां र उनकी छोरीलाई कुटपिट गरी घाईते बनाएको छ । ती समूहले फुलबर मियांसंग मित्रता रहेको कारण जलेश्वर यादव र उनकी छोरीलाई समेत कुटपिट गरी घाईते बनाएको छ । घटना चैत्र ११ गते विहान ९.३० बजे भएको थियो भने आधा दर्जन जति घाईते भएका थिए । जसमा दूई जनाको उपचार लहानको गुरुकुल पोलिक्लिनकमा भइरहेको छ । बांकी स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराएर घर फर्किसकेका छन् । 
लामो समयदेखि स्थानीय विद्यालयमा अध्ययनकै क्रममा सलमान र ती केटीको प्रेम रहेको थियो । केटीको वितेको फागुन अन्तिम सत्ता गोरगामाका केटासंग विवाह भएका थिए । विवाह पश्चात एसइई परीक्षाको लागि चैत्त ८ गते प्रेममा परेका केटाकेटीको भेट भएपछि उनीहरु भागेर लहानको शोभापुर आइपुगेका थिए । सलमानको अर्को घर शोभापुर पनि हो । केटा भगाएको भन्दै गाउंमा दवाव दिन थालेपछि सोही दिन लहान प्रहरीले जिम्मा लिएर केटीपक्षलाई जिम्मा लगाएका थिए । उता, केटालाई पतारी प्रहरीलाई जिम्मा दिएर पठाएका थिए । पतारी प्रहरीले सम्बन्धितपक्षलाई जिम्मा दिएपछि श्रीपुरमा तनाव बढेको जानकीनगर कचनारी प्रहरीको ठहर छ । यसैबीच, श्रीपुरमा कुटपिट तथा लुटपाटको क्रममा ती समूहले मेहदी मियाको २४ हजार, सकिला खातुनकी १८ हजार, मजाहीर मन्सुरीको घरबाट एक थान खसी र ५० हजार बराबरको चांदीको गरगहना र रामदेव महराको पानी खाने कलको डन्डा तोडेको स्थानीयको आरोप छ । नवसंग्राम दैनिक

Image may contain: tree, house, sky, outdoor and nature

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१