फिरोज शेख लहान २०७५ जेष्ठ २३ । सिरहा सहित तराइका जिल्लाहरुमा बढ्दै गईरहेको अत्यधिक गर्मीका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ । पानी नपरेको र तापक्रम दिनहुँ बढिरहेकाले जनजीवन कष्टकर बनेको हो । सार्वजनिक स्थलमा सर्वसाधारणको चहलपहल समेत घटेको छ । लहान बजारमा अत्यधिक गर्मी बढेपछि सर्वसाधारणको समेत उपस्थिति पातलिँदो अवस्थामा छ । बजारमा चहलपहल घटेका कारण त्यसको प्रत्यक्ष प्रभाव व्यवसायमा परेको छ। एका बिहानै देखि चर्को घाम लाग्ने स्थितिले सर्वसाधारणको दैनिक प्रभावित भएको छ । चर्को घाम, अत्यधिक गर्मी, तातो हावा र अनियमित रुपमा हुने विद्युत् कटौतीका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गईरहेको छ।
गर्मी बढ्दै गएपछि बजार क्षेत्रमा अहिले चिसो पेय पदार्थ, कागतीको रस र उखुेको रसको बिक्री बढेको छ । चर्को गर्मीका कारण सिरह , सप्तरी , उदयपुर ,धनुषा , सर्लाही , महोत्तरी , पर्सा , सुनसरी लगायतका जिल्लाहरुमा बढ्दै गईरहेको गर्मीका कारण गरिखाने वर्गलाई समस्या भएको छ । बजारमा रिक्सा र ठेला गाडा चलाउने मजदुरलाई सबैभन्दा बढी समस्या भएको छ। गर्मी बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ। गर्मीका कारण घाउखटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सकहरु बताउँछन्। आज लहानको अधिकतम तापक्रम ३७ डिग्री पुगेको छ।



प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved