ताजा समाचार

भारतबाट सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागी

  • जेठ १२, २०७८
  • ९६७ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी, । भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा आगलागी भएको छ।

श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स–प्रेस पर्ल मालवाहक पानीजहाजमा बिस्फोटपछि आगलागी भएको हो ।भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो ।

जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका गरी २५ जना रहेको र उनीहरुको श्रीलंकाको नौ सैनिकले उद्धार गरेको बताइएको छ । उद्दार गरिएका मध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ ।

आगो नियन्त्रणमा लिन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालिएको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुन्द्रमा खसेका थिए । पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सातौ मेयर गोल्डकप–२० ...

ओम प्रकाश यादव लहान, कार्तिक ९ । सप्तरीमा कार्तिक १ गतेदेखि सञ्चालन भएको ‘सातौ मेयर गोल्ड ...

जसपा नेपाल नरहा–२ मा ...

रहमुल, लहान , ९ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका–२ मा वडा ...

लहानमा ‘घर–घरको शान, ...

लहान, कार्तिक ८ । घरमा शौचालय नहुँदा खुला ठाउँमा दिसापिसाब गर्न बाध्य नागरिकका लागि सरसफाइ स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤