ताजा समाचार

घाँटी रेटेर महिलाको हत्या, नहरमा भेटियो शव

  • जेठ ५, २०७८
  • ७३० पटक पढिएको
  • रामएकवाल राम
alt

विराटनगर : धारिलो हतियारले घाँटी रेटेर मोरङमा एक महिलाको हत्या भएको छ। 

हत्या गरेर सुख्खा नहरमा फ्यालेको अवस्थामा बुधबार बिहान महिलाको शव फेला पारिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।डीएसपी राईका अनुसार रंगेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको हत्या भएको हो।

धारिलो हतियारले घाँटी रेटेर हत्या गर्दै रंगेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा फ्यालेको अवस्थामा अनिताको शव भेटिए पनि घटनाका बारेमा विस्तृत कुरा खुल्न बाँकी रहेको डीएसपी राईले बताए। उनका अनुसार शव फेला परेको नहर पानीविहीन र सुख्खा छ। प्रारम्भिक अनुसन्धानबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको पाइयो,’ डीएसपी राईले भने, ‘प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालिएको छ।’ 

हत्यामा संलग्नको पहिचान हुन सकेको छैन। प्रहरीका अनुसार महिलाको हत्या कसले र किन गरेको हो भन्ने खुल्न बाँकी छ। तर घाँटीमा हतियारले रेटेको चोट रहेका कारण हत्या नै गरिएको निस्कर्षमा प्रहरी पुगेको हो। 

इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेको छ। खड्का नेतृत्वकै टोलीले हत्यामा संलग्नको पहिचान गर्दै घटनाको अनुसन्धान अघि बढाएको हो। 

प्रतिक्रिया दिनुहोस

सातौ मेयर गोल्डकप–२० ...

ओम प्रकाश यादव लहान, कार्तिक ९ । सप्तरीमा कार्तिक १ गतेदेखि सञ्चालन भएको ‘सातौ मेयर गोल्ड ...

जसपा नेपाल नरहा–२ मा ...

रहमुल, लहान , ९ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका–२ मा वडा ...

लहानमा ‘घर–घरको शान, ...

लहान, कार्तिक ८ । घरमा शौचालय नहुँदा खुला ठाउँमा दिसापिसाब गर्न बाध्य नागरिकका लागि सरसफाइ स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤