ताजा समाचार

चिर्पट प्रहारले एक युवकको मृत्यु

  • जेठ ४, २०७८
  • ९३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार धनुषा / जेष्ठ ४ । चिर्पट प्रहारले एक युवकको मृत्यु भएको छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा आफु जोगिने र अरूलाई जोगाउने समयमा मामाले भान्जाको हत्या गरेको छ । जनकपुर धामको दक्षिणी क्षेत्रमा रहेको भारतीय सीमासँग नजिक मानिएको महोत्तरीको मटिहानी नगरपालिका वडा नं ३ बर्दहामा भएको शौचालय निर्माण विवादमा मामा पक्ष र भान्जा पक्ष बीच लाठी चार्ज कार्यक्रम सुरु हुँदा सोही वडा नं ३ का मोस्लीम राईनको २६ वर्षिय छोरा जाविर राइन लाई मामा मोतालीब राईनले चिर्पट प्रहार टाउकोमा बेसमारी गर्दा उनी घटनास्थलबाट ढलेपनी लाठी चार्ज जारी रहेको बुझिएको छ । स्थानियको खवरले घनस्थलमा पुगेका प्रहरीले झगडालाई साम्य पारेको थियो । घटना स्थलबाट घाईते जाबिरलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको महोतरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । घटना स्थलबाट मितालिब राईन र असरफ राईनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बुझिएको छ भने जग्गा विवाद विगत लामो समयदेखि उनीहरूको बीचमा रहिआएको बुझिएको हो ।

प्रतिक्रिया दिनुहोस

सातौ मेयर गोल्डकप–२० ...

ओम प्रकाश यादव लहान, कार्तिक ९ । सप्तरीमा कार्तिक १ गतेदेखि सञ्चालन भएको ‘सातौ मेयर गोल्ड ...

जसपा नेपाल नरहा–२ मा ...

रहमुल, लहान , ९ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका–२ मा वडा ...

लहानमा ‘घर–घरको शान, ...

लहान, कार्तिक ८ । घरमा शौचालय नहुँदा खुला ठाउँमा दिसापिसाब गर्न बाध्य नागरिकका लागि सरसफाइ स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤