Siraha Times
ताजा समाचार

विष्णुपुर गाउंपालिकामा विकासको लहर

  • जेठ २०, २०७५
  • १११५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान २० जेठ । सिरहाको विष्णुपुर गाउंपालिकामा विकासको लहर तिब्र गतिले अघि बढिरहेको छ । जनताले चाहेको माग बमोजिम विष्णुपुर गाउंपालिकाले सडकदेखि पक्की नाला निर्माणको कार्य अघि बढाएको छ । आज दोस्रो गाउंपरिषद्को लागि नीति तथा कार्यक्रम सम्बन्धी अन्तरक्रिया प्रगति समिक्षा एवं विकास सम्बन्धी बहसमा सो कार्यवारे सार्वजनिक गरेको छ । विष्णुपुर गाउंपालिकाका अध्यक्ष जागेश्वर यादवले ‘यस गाउंपालिकालाई राष्ट्रियस्तरको विकास मापदण्डको आत्मसात् गरि कार्य अघि सारेको’ बताउंनुभयो । उहांले ‘बजार क्षेत्रलाई व्यवस्थित गर्न कटिबद्ध छु ।’ ‘ग्रामिणक्षेत्रलाई कृषि उपजको नमुना बनाउंने मेरो उद्देश्य रहेको छ ।’ ‘सोही अनुरुप जनताको चाहनालाई आत्मसात् गरेर कार्य अघि बढाएको छु ।’ उहां अध्यक्षले बताउंनुभयो । आ.ब.०७४।०७५ को प्रगति समिक्षा योजनाबाट पास भएको नीति, कार्यक्रम तथा योजना कार्यन्वयनको भौतिक प्रगतिवारे सो अन्तरक्रियामा आम जनतालाई जानकारी गराएका छन् । सोही अनुरुप गाउंपालिकामा यस बर्ष विकासको काम अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिए । अधिकृत यादवले विष्णुपुर वडा नम्बर १, २ र ३ मा पक्की नाला निर्माणको कार्य अघि बढाइएको छ भने वडा नम्बर ४ र ५ मा कालोपत्रे गर्ने कार्य अघि बढाएको जानकारी दिए । जनताको माग अनुरुप ४ र ५ मा २ किलोमिटर कालोपत्रे गर्ने कार्य अघि बढाइएको छ । यसको लागि २ करोड बजेट विनियोजित गरिएको हो । यस्तै वडा ५ मा आरसिसी ढलानको कार्य अघि बढाएको सो कार्यक्रममा अधिकृत यादवले सार्वजनिक गरिएको छ । गाउंपालिकालाई स्वालम्बि बनाउंनको निम्ति निर्माणका एक्युपमेन्टहरु खरिद गरिएको छ । ५० लाखको टुक्रे योजनाहरुमा ७५ प्रतिशत काम भएको छ । असारसम्म बांकी सबै काम सम्पन्न गर्ने योजना रहेको छ । जिल्ला समन्वय समिति सिरहाका महेन्द्र यादवले पार्दशिताको लागि यस्तो कार्यक्रम जिल्लामा पहिलो नै रहेको भन्दै यसले विकास निर्माण सवल हुने बताएका थिए । नेकपाका रामकुमार यादवले कृषि र शिक्षामा थप जोड दिंदै कृषिमा नमुना गाउं बनाउंन सुझाव दिएका थिए । संचारकर्मी शिवदयाल यादवले संचारक्षेत्रलाई विकास गर्ने योजना ल्याउंन जोड दिएका थिए । सार्वजनिक जग्गा अतिक्रमण गरिएकोले यसलाई नाप नक्शा अनुरुप छुट्याई सडक फराकिलो गर्दै वृक्षारोपण गर्ने भएको छ । व्यक्तिगत प्रयोग तथा जिर्ण रहेको पोखरीहरुलाई जिणोद्धार गरी ठेक्का लगाउंने भएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१