Siraha Times
ताजा समाचार

लहान अस्पतालको विवाद : मेडिकल अधिकृत चौधरी र मेसु कुशवाहा दुबैले माफी मागेपछि...

  • जेठ १८, २०७५
  • ९५५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिराहा, १७ जेठ । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा जारी विवाद मौखिक सहमति गरी समाधान गरिएको छ ।मेडिकल सुपरिटेन्डेन्ट सुनिल कुशवाहले मेडिकल अधिकृत अमित चौधरीको करार थप गर्न पहल गर्ने प्रतिवद्धता जनाएपछि एक हप्तादेखिको विवाद समाधान भएको हो ।मेडिकल सुपरिटेन्डेन्ट कुशवाहसग विवाद भएपछि राष्ट्रिय योजना आयोग मार्फत लहान अस्पतालमा कार्यरत चौधरीको करार रद्ध गर्न एक हप्ताअघि नै पत्राचार गरिएको थियो । चौधरी विगत एक वर्षदेखि लहान अस्पतालमा कार्यरत छन् । नेपाल मेडिकल काउन्सिल प्रदेश २ तथा विकास समिति र नगरपालिकासहितको स्टाफ वैठकले सहमति मार्फत समस्या समाधान गर्न सुझाव दिएपनि मौखिक सहमतिमा विवाद समाधान गरिएको मेडिकल अधिकृत चौधरीले बताए । मेसु कुशवाहले पनि चौधरीले आफुवाट गल्ति भएको भन्दै माफि मागेर सहमतिमा काम गर्ने बताएपछि समस्या समाधान भएको बताए ।

आवेशमा आएर गलत भएको भन्दै बैठकमा दुबैले माफि मागेका छन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी अध्ययन गर्न सिफारीस नदिएको विषयमा मेडिकल अधिकृत चौधरी र मेसु कुशवाहको विचमा विवाद भएको थियो । विवादले गत जेठ ८ गते नै अस्पतालको सेवा प्रभावित थियो ।

- स्वास्थ्य खबरबाट

प्रतिक्रिया दिनुहोस

करैयामाई गाउँपालिकाक ...

रौतहट , असार ५। बारा जिल्लाको करैयामाई गाउँपालिकाको १९औँ गाउँसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ...

प्रादेशिक अस्पताल सि ...

रहमुल, सिरहा, ५ असार । प्रादेशिक अस्पताल सिरहाको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत ...

कटहरियामा कुपोषण मुक ...

रामअधार प्रसाद यादव, रौतहट,५ असार । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१