सिराहा, १७ जेठ । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा जारी विवाद मौखिक सहमति गरी समाधान गरिएको छ ।मेडिकल सुपरिटेन्डेन्ट सुनिल कुशवाहले मेडिकल अधिकृत अमित चौधरीको करार थप गर्न पहल गर्ने प्रतिवद्धता जनाएपछि एक हप्तादेखिको विवाद समाधान भएको हो ।मेडिकल सुपरिटेन्डेन्ट कुशवाहसग विवाद भएपछि राष्ट्रिय योजना आयोग मार्फत लहान अस्पतालमा कार्यरत चौधरीको करार रद्ध गर्न एक हप्ताअघि नै पत्राचार गरिएको थियो । चौधरी विगत एक वर्षदेखि लहान अस्पतालमा कार्यरत छन् । नेपाल मेडिकल काउन्सिल प्रदेश २ तथा विकास समिति र नगरपालिकासहितको स्टाफ वैठकले सहमति मार्फत समस्या समाधान गर्न सुझाव दिएपनि मौखिक सहमतिमा विवाद समाधान गरिएको मेडिकल अधिकृत चौधरीले बताए । मेसु कुशवाहले पनि चौधरीले आफुवाट गल्ति भएको भन्दै माफि मागेर सहमतिमा काम गर्ने बताएपछि समस्या समाधान भएको बताए ।
आवेशमा आएर गलत भएको भन्दै बैठकमा दुबैले माफि मागेका छन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी अध्ययन गर्न सिफारीस नदिएको विषयमा मेडिकल अधिकृत चौधरी र मेसु कुशवाहको विचमा विवाद भएको थियो । विवादले गत जेठ ८ गते नै अस्पतालको सेवा प्रभावित थियो ।
- स्वास्थ्य खबरबाट
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved