Siraha Times
ताजा समाचार

सिरहामा शुद्ध पानीको नाममा अशुद्ध पानी ,अनुगमन गर्ने निकाय निस्कृय

  • चैत १३, २०७४
  • ७५८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १३ । सिरहामा शुद्ध पिउने पानीको नाममा प्रशोधन गरी विभिन्न नामका बोतल तथा जार बजारमा सर्वत अशुद्ध पानी बेचेर मानिसको स्वास्थ संग खेलवाड गरिरहेका छन ।सिरहा नगरपालिका ८ महिसोथा र चन्द्रलालपुर १ सिरहामा रहेको सगरमाथा आक्वा र आनन्द जल शुद्ध पानीको नाममा अशुद्ध पानी बेचने काम गरिरहेका पाइएको छ । सिरहा नगरपालिका ८ स्थित सगरमाथा आक्वाले आ.व. २०७१÷०७२ देखि नेपाल सरकारबाट पानी प्रशोधन गरी शुद्ध पिउने पानी बेच्ने ईजाजत नम्वर ५७७२ लिई हाल सम्म पानी बेच्दै आएको छन् । सिरहा सदरमुकाम स्थित जिल्ला अस्पताल अगाडी रहेको पान पसलमा सगरमाथा आक्वाको बोतलमा परालको टुक्रा फेला परेको छ । जल उत्पादन कम्पनी तथा डिस्टिबुटरहरु मान्छेको जीवन संग खेलवाड गरिरहेका छन । यसको अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय सिरहा, घरेलु तथा साना उधोग, लहान लगायतका निकायहरु निस्कृय भएको सिरहा उधोग बाणिज्य संघ सिरहाका सदस्य शम्भु साहले बताएका छन् ।सगरमाथा आक्वा उधोगको प्रोपराइटर मिथलेश यादबका अनुसार मान्छेले मेनीवल गर्दा कहिले काही मिस्टेक भइहाल्छ भनी बताए ।यता जिल्ला प्रशासन कार्यालय सिरहाका निमिति प्रमुख जिल्ला अधिकारी सोम प्रसाद भट्टराइका अनुसार आफूहरु केही दिन देखि कार्यव्यस्तताको कारणले बजार अनुगमन गर्न नसकेको र अहिले एसईई परीक्षा चलिरहरेको हुदाँ परक्षा पछि अनुगमन गर्ने भनी बताएका छन् ।त्यस्तै केही दिन अगाडि सिरहा चन्द्रलालपुर १ सिरहामा रहेको आनन्द जलको पानीमा मिर्चैया स्थित रहेका राहुल होटल एण्ड गेस्ट हाउसमा दुई वटा बोतलमा बयरको फल फेला परेको थियो । यसरी बारम्बार अशुद्धपानी बजारमा भेटे समाचार बारम्बार विभिन्न समाचार माध्यममा आइरहदा पनि अनुगमन गर्ने निकाय निस्कृय भएको देखेर सिरहाली बासी चकित भएका छन् र भन्न थालेका छन कि अनुगमन निकायको मेलोमतोमा यस्ता उत्पादकहरु आम उपभोक्ताको जिवनसँग खेलवाड गरिरहेकाछन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१