Siraha Times
ताजा समाचार

पोखरीमा मृत शिशु भेटियो

  • वैशाख २३, २०७५
  • ११६४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख २३। सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया गाउँ नजिकैको पोखरीमा शनिबार बिहान उमेर नपुगी जन्मिएर पालिएको सालनालसहितको नवजात शिशुको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेश सुवेदीका अनुसार करिब आठ महिना उमेरको देखिने छोरा शिशु पोखरीमा सालनालसहित भेटिएको खवर पाए लगत्तै अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरी निरीक्षक सुवेदीले घटनास्थल प्रकृति मुचुल्का उठाएर मृत नवजात शिशुको शव पोष्टमार्टमका लागि सिरहा वा लहान पठाइने जानकारी दिए । अवैध सम्बन्धबाट महिना नपुगी जन्मिएका शिशुलाई लोकलाजको कारणले सालनालसहित फालिएको हुन सक्ने आशङ्का गरिएको भएपनि प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१