पत्रकार महासंघको प्रदेश निर्वाचनमा मन्त्रीदेखी सांसदसम्मले मतदान गरे

  • वैशाख २३, २०७५
  • ५५८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख २३ । नेपाल पत्रकार महासंघको प्रदेश कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनमा प्रदेश २ का मन्त्री, सांसद र मेयरले पनि मतदान गरेका छन् ।  नेपाल पत्रकार महासंघ सप्तरी शाखामा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले समेतले मतदान गरेका छन् । यस्तै सप्तरी शाखाबाट संघीय समाजवादी फोरम नेपालका प्रदेश नं. २ का मुख्य सचिव शम्भु झा समेतले मतदान गरे । उनी दुबै जना मध्ये मन्त्री साह साधारण सदस्य तथा झा सप्तरी शाखाका पूर्व सभापति हुन् ।
त्यस्तै प्रदेशसभाका सांसद रामआशीष यादव र सरस्वती चौधरीले धनुषा महासंघमा मतदान गरेका छन् । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जलेश्वर शाखामा मतदान गरे । प्रदेशसभा सांसद यादव र मेयर मण्डल क्रमशः पत्रकार महासंघ धनुषा र महोत्तरीका पूर्व अध्यक्ष समेत हुन् । मन्त्री साह र सांसद यादव संघीय समाजवादी फोरमका नेता हुन् । चौधरी नेपाली कांग्रेसबाट सामनुपातिक प्रदेशसभा सांसद हुन् । मेयर मण्डल राष्ट्रिय जनता पार्टी (राजपा) बाट जितेका हुन् ।
यता नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणको अभियान चलाएको दाबी गरेपनि प्रदेश सरकारका मन्त्री र प्रदेशसभाका सदस्यले नै मतदानमा समेत सहभागी भएका छन् ।  यसअघि नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश साह स्थानीय तहको निर्वाचनमा मेयरमा चुनाव लड्दा महासंघको सदस्यता त्याग गरेका थिए । उनी नयाँ शक्ति पार्टीबाट जनकपुर उपमहानगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१