Siraha Times
ताजा समाचार

दहेजको कहरको कारण सिरहामा मोहम्मद सम्जिलाको विवाह स्थगित

  • चैत १२, २०७४
  • १०७६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १२ । लहान नगरपालिका छरापट्टीका मोहम्मद सफियाको घरमा शनिबार साँझ भीडभाड थियो । उनकी छोरी मोहम्मद सम्जिलाको विवाहका लागि चाहिने सामान तयार थिए । घर परवारका सदस्य र आफन्त खुशी देखिन्थे । सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेख सम्जिलासँग विवाह गर्न राती ८ बजे जन्ती आइपुगे । हिन्दु परम्परा अनुसार विवाह गर्दा गरिने स्वम्बरलाई मुस्लिम समुदायमा ‘निकाह’ भनिन्छ । निकाह भन्दा अगाडी बेहुलीका लागि बेहुलाले ‘महर्दन’ दिने चलन छ । बेहुलाका लागि सुनका गहना, लत्ताकपडालगायतका सामान दिनुलाई महर्दन भनिन्छ । तर, महर्दनका लागि सम्झौताअनुसारको सुन वेहुला पक्षले नल्याएको कारण विवाह नै रोकियो । खुशीयाली छाइरहेको बेला माहोल बदलियो । जन्तीहरुबीच भागाभाग मच्चियो । केहीले खाना खाए, केहीले नखाई घर भागे । विवाह रोकिएपछि सम्जिला बेहोस भइन । उनलाई तत्काल लहान लगेर अस्पताल भर्ना गरियो । एकलाख ६० हजार रुपैंयाँ दाइजो दिएको बेहुली पक्षले महर्दनमा दुई तोला सुन दिनुपर्ने माग गरेको खुलेको छ । पछि डेढ तोला सुन दिने सम्झौता भएको थियो । तर विहे गर्न जन्ती लिएर आएका बेहुलाले दुई आना सुन मात्र ल्याएका कारण विवाद भएको स्थानीय सञ्जीव यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१