चैत १२ । लहान नगरपालिका छरापट्टीका मोहम्मद सफियाको घरमा शनिबार साँझ भीडभाड थियो । उनकी छोरी मोहम्मद सम्जिलाको विवाहका लागि चाहिने सामान तयार थिए । घर परवारका सदस्य र आफन्त खुशी देखिन्थे । सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेख सम्जिलासँग विवाह गर्न राती ८ बजे जन्ती आइपुगे । हिन्दु परम्परा अनुसार विवाह गर्दा गरिने स्वम्बरलाई मुस्लिम समुदायमा ‘निकाह’ भनिन्छ । निकाह भन्दा अगाडी बेहुलीका लागि बेहुलाले ‘महर्दन’ दिने चलन छ । बेहुलाका लागि सुनका गहना, लत्ताकपडालगायतका सामान दिनुलाई महर्दन भनिन्छ । तर, महर्दनका लागि सम्झौताअनुसारको सुन वेहुला पक्षले नल्याएको कारण विवाह नै रोकियो । खुशीयाली छाइरहेको बेला माहोल बदलियो । जन्तीहरुबीच भागाभाग मच्चियो । केहीले खाना खाए, केहीले नखाई घर भागे । विवाह रोकिएपछि सम्जिला बेहोस भइन । उनलाई तत्काल लहान लगेर अस्पताल भर्ना गरियो । एकलाख ६० हजार रुपैंयाँ दाइजो दिएको बेहुली पक्षले महर्दनमा दुई तोला सुन दिनुपर्ने माग गरेको खुलेको छ । पछि डेढ तोला सुन दिने सम्झौता भएको थियो । तर विहे गर्न जन्ती लिएर आएका बेहुलाले दुई आना सुन मात्र ल्याएका कारण विवाद भएको स्थानीय सञ्जीव यादवले बताए ।
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved