Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टीमा आगलागी हुँदा लाखौको क्षति

  • वैशाख २०, २०७५
  • १०९२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ बैशाख २० । सिरहाको सखुवा नन्कारकट्टी गाउपलिकामा आज बिहान आगलागी हुँदा लाखौको क्षति भएको छ। आज बिहान करिब ७ बजेर ३० मिनेट जादा सखुवा नन्कारकट्टी गाउपलिका ४ साविक वडा नम्बर ८ दलित वस्तीमा आगलागी हुँदा ८ जना घरपरिवारको १५ फुसको घर जलेर खरानी भएको छ। आगलागी बाट घोना मण्डल भन्ने चन्देश्वर मण्डल , राज लाल मण्डल ,चन्दन मण्डल ,बिन्दी मण्डल , सेबुवा मण्डल , राम शंकर मण्डल उमाकान्त मण्डल र धनमन्ती मण्डलको घरमा आगलागी हुदा घर भित्र रहेको खाद्यान , लताकपडा लगायत अति आवश्यक सर समान जलेर नष्ट भएको छ। यसै बीच सेबुवा मण्डलको छोराले बहिनीको बिहेका लागि विदेश बाट बुधबार पठाएको रु. एक लाख पनि आगोमै जलेको स्थानीय परियाग लाल यादवले जानकारी दिएका छन्। आगलागी नेपाल प्रहरी , स्थानीयवासी र लहान नगरपालिका बाट गएको वरुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको छ। आगलागी बाट कुनै मानवीय क्षति नभएको स्थानीय यादवले बताए।यता ईलाका प्रहरी लहानका अनुसार आगलागी बाट करिब ७ लाख ५० हजारको क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१