Siraha Times
ताजा समाचार

रौतहटमा पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ हुने

  • माघ २२, २०७६
  • १२४८ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

मौलापुर। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले फागुन ५ र ६ गते पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा "मधानी महायज्ञ - २०७६" आयोजना हुँदैछ । नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा हुने उक्त महायज्ञ भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गर्न लागिएको हो । आयोजक मौलापुर नगरपालिकाले यस अवसरमा कम्तीमा पनि ३ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यस क्षेत्रको ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुन गईरहेको महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्यता रहनेछ । आयोजकका अनुसार फागुन ६ गते राष्ट्रपति भण्डारीले उक्त महायज्ञमा विशेष पुजा अनुष्ठान गर्नेछिन् । पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्रोचारण गराई राष्ट्रपति भण्डारीले पुजा गर्ने कार्यक्रम रहेको छ । फागुन ४ गते शिवलिला प्रदर्शन, ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको कार्यक्रम रहेको छ । फागुन ६ गते भण्डारीबाट विशेष पुजा तथा नेपाली एवम् विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमसहित दर्जनौ क्रियाकलाप आयोजना हुने बताइएको छ । महायज्ञको सह-आयोजक एस राज प्रोडक्सनस प्रा.लि को सन्तोष राज सहनीका अनुसार भोजपुरी सिनेमा क्षेत्रका चर्चित नायक तथा गायक दिनेशलाल यादव निरहुआ, नायिका आम्रपाली दुबे, गायिका ईन्दु सोनाली,नेपाली तथा भोजपुरी गायिका सेलिना कुँवर,गायक तथा संगीतकार सन्तोष राज सहनी,सुनिल पंडित,बिजय यादव निर्बिज,सरिता साह,रचना सिवाकोटी, तथा नेपाली कलाकारहरु केकी अधिकारी, निखिल उप्रेती, स्मिता दाहाललगायतको सांस्कृतिक प्रस्तुति रहनेछ ।

प्रतिक्रिया दिनुहोस

हावाहुरीपीडित २५ परि ...

रहमुल, लहान १७ वैशाख । गत वैशाख ५ गते आएको भीषण हावाहुरीबाट प्रभावित लहान–२१ का २५ परिवारलाई र ...

श्री लेखनाथ माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख १६ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्त ...

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१