Siraha Times
ताजा समाचार

सिरहाको सुखिपुरबाट पाँच हजार घुस सहित प्रहरी जवान पक्राउ

  • माघ ८, २०७६
  • ८६४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा, माघ ८ गते । सिरहामा अख्तियारको टोलीले पाँच हजार घुस सहित एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।
सिरहाको ईलाका प्रहरी कार्यालय सुखिपरका प्रहरी जवान राजकुमार यादवलाई ५ हजार घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले वुधवार विहान पक्राउ गरेको हो ।
भारतीय बजार लदनियाँबाट घरायसी प्रयोजनका सामग्रीमा सहयोग गरिने भन्दै घुस मागेका उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ गरिएको प्रहरी जवान यादवलाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास कार्यालय लगेको छ ।

Image may contain: 3 people

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१