सिरहा, माघ ८ गते । सिरहामा अख्तियारको टोलीले पाँच हजार घुस सहित एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।
सिरहाको ईलाका प्रहरी कार्यालय सुखिपरका प्रहरी जवान राजकुमार यादवलाई ५ हजार घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले वुधवार विहान पक्राउ गरेको हो ।
भारतीय बजार लदनियाँबाट घरायसी प्रयोजनका सामग्रीमा सहयोग गरिने भन्दै घुस मागेका उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ गरिएको प्रहरी जवान यादवलाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास कार्यालय लगेको छ ।

प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण : सुरक्षाकर्मी नै असुरक्षित, स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved