धनुषाको शहिदनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा दर्जनौ कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन्
विहिबार धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ मा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमको दौरान समाजवादी पार्टी छाडेर दर्जनौ नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् । सो क्रममा बिभिन्न समयमा गरिब किसानको पक्षमा लडदै आएका संघिय समाजवादी पार्टिका पिलरका रुपमा रहेका सिताराम यादव, रामईश्वर यादव, रामबलि यादब, जमाहिर यादव, रामसोगारथ यादव , सोम कुमार यादव, सिरिकिसुन यादव, राहुल यादव लगायत दर्जनौको संख्यामा नेकपा पसेका हुन् ।
नेकपाका जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य श्रवण बरबरिया यादब तथा शहिदनगर नगरपालिकाका मेयर तथा नेकपा प्रदेश कमिटी सदस्य उदय कुमार बरबरिया यादवले फूलमाला तथा अबिर लगाइ पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा जिल्ला कमिटि सदस्यहरु सुरेश कापर, सुरेश यादव,भरत यादव, राजकुमार चौधरी, रामकिसोर पासमान, वार्ड नं. २को वडा अध्यक्ष जैसिलाल भिनवार, स्थानिय नेताहरु सुर्यदेव यादव, भोला यादव, रामअसिश यादव, मोहन यादव, विन्देश्वर यादव, किसानको नगर अध्यक्ष सुरेन्द्र राय, कासिन्दर भिनवार लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
विगत केही दिनदेखि विभिन्न पार्टी परित्याग गरी शहिदनगरमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नेको सँख्या बढेको छ । केही दिनकै अन्तरालमा आयोजित पार्टी प्रवेश कार्यक्रममा दर्जनौ नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण : सुरक्षाकर्मी नै असुरक्षित, स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved