Siraha Times
ताजा समाचार

शहिदनगरमा पार्टी प्रवेश कार्यक्रममा दर्जनौ कार्यकर्ताहरु नेकपामा प्रवेश

  • माघ ३, २०७६
  • ६८२ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषाको शहिदनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा दर्जनौ कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन्

 

विहिबार धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ मा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमको दौरान समाजवादी पार्टी छाडेर दर्जनौ नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् । सो क्रममा बिभिन्न समयमा गरिब किसानको पक्षमा लडदै आएका संघिय समाजवादी पार्टिका पिलरका रुपमा रहेका सिताराम यादव, रामईश्वर यादव,  रामबलि यादब, जमाहिर यादव, रामसोगारथ यादव , सोम कुमार यादव, सिरिकिसुन यादव, राहुल यादव लगायत दर्जनौको संख्यामा नेकपा पसेका हुन् ।


नेकपाका जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य श्रवण बरबरिया यादब तथा शहिदनगर नगरपालिकाका मेयर तथा नेकपा प्रदेश कमिटी सदस्य उदय कुमार बरबरिया यादवले फूलमाला तथा अबिर लगाइ पार्टी प्रवेश गराएका हुन् । 

 

पार्टी प्रवेश कार्यक्रममा जिल्ला कमिटि सदस्यहरु सुरेश कापर, सुरेश यादव,भरत यादव, राजकुमार चौधरी, रामकिसोर पासमान, वार्ड नं. २को वडा अध्यक्ष जैसिलाल भिनवार, स्थानिय नेताहरु सुर्यदेव यादव, भोला यादव, रामअसिश यादव, मोहन यादव, विन्देश्वर यादव, किसानको नगर अध्यक्ष सुरेन्द्र राय, कासिन्दर भिनवार लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो । 


विगत केही दिनदेखि विभिन्न पार्टी परित्याग गरी शहिदनगरमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नेको सँख्या  बढेको छ । केही दिनकै अन्तरालमा आयोजित पार्टी प्रवेश कार्यक्रममा दर्जनौ नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१