Siraha Times
ताजा समाचार

दोषीलाई पहिचान गरी कार्वाहीको लागि त्रि.वि प्राध्यापक संघको जोडदार माग

  • पुस ६, २०७६
  • ९२८ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

काठमाडौ ,पुस ६ गते । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले हालै एक विज्ञप्ति प्रकाशित गरी हेटौडा कयाम्पसका क्याम्पस प्रमुखलगायत प्राध्यपकहरूलाई गाली गलौच तथा कुटपिट गरिएकोमा खेद प्रकट गर्दै दोषीलाई कार्वाहीको माग गरिएकोे छ ।

संघका सभापति डा. वसन्त ढकाल तथा महासचिव केशवराज शर्माको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘मिति २०७६ मङ्सिर ३० गतेका दिन त्रिवि वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पस परिसरमा जवर्जस्ती कृषि तथा वन विज्ञान विश्वविद्यालयले भवन निमार्ण कार्य प्रारम्भ गर्दा सम्मानित अदालतबाट अन्तरिम आदेश जारीसमेत गरेको अवस्थामा पुनः निर्माण कार्य शुरु गरेकाले हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख लगायतका प्राध्यापकहरूले यस विषयमा मुद्धा अदालतमा विचाराधीन रहेको हुनाले निर्माण कार्य नगर्न अनुरोध गर्दा क्याम्पस प्रमुख लगायत प्राध्यापकहरूलाई गाली गलौज तथा कुटपिटसमेत गरेको व्यहोरा त्रिवि पदाधिकारीहरूलाई अवगत भएको हुनु पर्दछ ।

यस्तो अमानवीय घटनाप्रति त्रिवि प्राध्यापक संघ केन्द्रीय समिति खेद प्रकट गर्दछ । साथै यस सन्दर्भमा त्रिभुवन विश्वविद्यालयको आधिकारिक धारणा सार्वजनिक गरी घटनाको सत्य तथ्य पत्ता लगाई दोषी माथि कार्यवाही गर्न त्रिवि प्राध्यापक संघ जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१