Siraha Times
ताजा समाचार

'मैथिली भाषालाई सत्ता पावरसँग जोडियोस्: राज्यमन्त्री मण्डल

  • पुस ६, २०७६
  • १२६४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

 बिराटनगर ,पुस ६ गते । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन् ।

बिराटनगरमा आज (आइतबार) देखि सुरु भएको दुईदिने १७औं अन्तराष्ट्रिय मैथिली सम्मेलन २०१९ लाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।

नेपालमा दोश्रो सबैभन्दा बढी बोलिने मैथिली भाषालाई राज्यले मुल्यांकन गर्नुपर्ने उनले बताए ।

मैथिली भाषालाई सरकारी कामकाजी भाषा बनाइए र सत्ताको पावरसँग जोडिए थप समृद्ध हुने राज्यमन्त्री मण्डलले धारणा राखे ।

राज्यमन्त्री मण्डलले आफ्नो फेसबुक वालमा मैथिलीमै लेखेका छन्, ‘दोसर पैघ भाषाके रुप में अपन पहिचान बनओने मैथिलीके आयतन दिनप्रतिदिन सिकुरल जारहल अछि, एकर कारण कि ? कोनो भाषा समाजके लेल कि समाज भाषाके लेल ? मैथिलीके सरकारी कामकाजके भाषा बनाओल जाए । रोटीके भाषा बनाओल जाए ।

एकरा सत्ता पावरसँ जोरल जाए । जीवन यापनसँ जोरल जाए । तब जाक मैथिली और समृद्ध होइत ।’ उनले यस विषयबस्तु माथि छलफल हुने आशासमेत लिए ।

यसमाथि गम्भीर हुन सरकारलाई समेत उनले ध्यानाकर्षण गराए । यो सम्मेलनले मैथिली भाषालाई थप उचाईमा पुर्याउन ठूलो योगदान पुग्ने भन्दै उनले आयोजक समितिलाई धन्यवाद पनि दिए ।

आजदेखि सुरु भएको सम्मेलनको नेपाल सरकारका उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन् । सम्मेलन भोलि (सोमबार) सम्म चल्नेछ ।

जारी सम्मेलनमा नेपालसहित विभिन्न देशबाट मैथिली भाषीहरुको बाक्लो सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१