ताजा समाचार

सिरहा लगायतका जिल्लाहरुमा शितलहर शुरु संगै अत्याधिक चिसो

  • पुस २, २०७६
  • १४०६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा , पुस २ गते । सिरहा लगायत तराईका जिल्लाहरमा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढे संगै शीतलहरले गर्दा जनजीवन निकै कष्टगर बनेको छ ।

     शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षक लगायत संघ संस्थाहरु प्रभावित बनेको छ ।

शितलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ ।

चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् । दिउँसो अलि–अलि घाम लागे पनि बिहान÷बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको सिरहा नगरपालिका–१७ का स्थानीय नरेश यादवले बताए  ।

शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको कृषकले बताउछन । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा श ...

रहमुल, लहान ११ कार्तिक। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रक ...

बोदेबर्साइनमा जसपा न ...

रहमुल, सप्तरी, ११ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–९ सोबरनपट्टीमा विभिन्न राजनीतिक दल ...

सप्तरीको सीमावर्ती क ...

रहमुल, सप्तरी ११ कात्तिक । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤