Siraha Times
ताजा समाचार

दिनहु प्रत्येक वडामा पुगि नगरवासीको समस्या बुझदै : कान्छो मेयर बरबरिया

  • पुस १, २०७६
  • १८३१ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम, पुष १ गते । धनुषा शहिदनगर नगरपालिकाका मेयर मेयर उदय कुमार बरबरियाले अहिले जनताको घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ । 

शहिदनगरका जनताहरुसँग प्रत्यक्ष रुपमा उनको घरमै पुगेर भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको हो । नगरपालिकाको विभिन्न वडामा रहेका विभिन्न टोलमा भेटघाट कार्यक्रमको आयोजना गरेर पनि सामुहिक रुपमा जनता बोलाएर उनीहरुको समस्याबारे जनगुनासो सुन्ने कार्य सुरु गर्नुभएको हो । 

मेयर बरबरियाले प्रसूति भत्तामा कटौती गरेको तथा वृद्धभत्ता समयमा नदिएको भन्दै समाजिक सँजाल सहित विभिन्न सँचारमाध्यममा समाचार प्रकाशन प्रकाशित भएपछि नगरपालिकाको समस्यालाई जनता समक्ष आफैं गएर बुझाउने प्रयास गरेका हुन् । उनले रकम अभावको कारण उनीहरुको रकम तत्काल मात्रै कटौती गरी यस साताभित्रै वा जतिसक्दो भए बाँकीको रकम उपलब्ध गराउने वाचा समेत गर्नुभएको हो । 

भेटघाटको क्रममा नेपाली काँग्रेसले नगरपालिकाका जनप्रतिनीधि विरुद्ध गरेको आन्दोलनको सन्दर्भमा बोल्दै जेष्ठ नागरिकहरुले उनीहरुलाई रकमको लोभ देखाएर आन्दोलनमा लगेको प्रतिक्रया दिनुभएका हुन् । वृद्ध भत्ता बाँडिने भनेर प्रलोभनमा पारी नगरपालिकामा नारा जुलुसको लागि लगेको जेष्ठ नागरिकहरुले बताउनुभएको छ । 

 

विकास नीति र विकासको ढाँचाबारे वृहत ज्ञान हाँसिल हेतु मेयर बरबरिया र नगरपालिकाका अधिकृत नन्द कुमार झा समेत युएई भ्रमणमा जानुभएको बेला नेपाली काँग्रेस नगर कार्य समितिले वृद्धवृद्धाको भत्ता, समाजिक सुरक्षा भत्ता नदिएको भन्दै नगरपालिका सहित मेयर विरुद्ध धर्ना सहित आन्दोलन गरेको थियो । 

युएईबाट आएलगत्तै जनता भेटघाटमा व्यस्त भएका मेयर बरबरियाले आफू विरुद्ध नारावाजीको बारेमा सोध्दा वृद्धवृद्धाहरुले नेपाली काँग्रेसका कार्यकर्ताहरु वृद्धभत्ता बाँडिरहेको भनेर उक्साएर लगेको प्रतिक्रिया दिँदै नगरपालिकामा गएपछि नारावाजी गर्न लगाएको आरोप समेत लगाउनुभयो । 

यता, नगरपालिकाका मेयर बरबरियाले अपुग रकममा प्रसूति भत्ता र समाजिक सुरक्षा भत्ताको रकम आईसकेको भन्दै सबै प्रक्रिया पुगाएर यसै हप्तामा ८ महिनाकै बाँकी रकम वितरण गर्ने पनि बताउनुभएको छ । उहाँले नगरपालिकाको सबै टोल टोल, बस्ती वस्तीमा गएर आफ्ना नगरवासीसँग गुनासो सुन्ने र समस्या बारे बुझने गरेको बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

प्रादेशिक अस्पताल लह ...

सिरहाटाइम्स लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१