Siraha Times
ताजा समाचार

जनकपुरका स्वच्छता अभियानी युवा दीपकले रक्तदान र वृक्षारोपन गरि मनाए जन्मदिन

  • मंसिर २१, २०७६
  • १२१२ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम, मंसिर २१ गते । जनकपुरका सामाजिक तथा स्वक्षता युवा अभियानी दीपककुमार चौधरीले आफ्नो २५ औं जन्मदिन रक्तदान तथा वृक्षा रोपन कार्यक्रम गरी मनाएका छन् ।

जन्मदिनको अवसरमा शुक्रबार विहान ज्ञानकूप विद्यालय परिसरमा वृक्षा रोपन कार्यक्रम आयोजन गरेका थिए । सो क्रममा गोल्डमोहर, अमला, आँप, राजवृक्ष लगायतको २५ वटा विरुवा रोपिएको उनले जानकारी दिए ।

यस्तै युवा चौधरीले जन्मदिनकै अवसरमा दोश्रो कार्यक्रम शुक्रबार बिहान जनकपुरको जनकचोकमा रक्तदान कार्यक्रम आयोजन गरेका थिए ।

जसमा ३२ जनाले रक्तदान गरेको चौधरीले जानकारी दिए । पर्यावरण र अक्सिजन मानव जीवनका लागि रुख विरुवा नभई नहुने भएकाले वृक्षा रोपन र मानिसलाई जुनसुकै बेला रगत अभावले ज्यान जान सक्ने भएकाले रक्तदान कार्यक्रम आयोजन गरी जन्मदिन मनाएको युवा चौधरीको भनाई छ ।

रक्तदान गर्नेहरुलाई उनले प्रमाणपत्र समेत वितरण गरेका छन् । वृक्षा रोपन तथा रक्तदान कार्यक्रममा प्रमुख अतिथि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, विशिष्ट अतिथिका रुपमा धनुषाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बरखुप्रसाद रजक, समाजसेवी, अमरचन्द्र अनिल, मैथिल बिकासकोषका अध्यक्ष जिबनाथ चौधरी, कामाख्या परिवार नेपाल अध्यक्ष विभास लाभ, ज्ञानकूप स्कूल प्रधानाध्यापक संजय झा, युवा नेता ज्ञानेंद्र झा ज्ञानु, स्वच्छता अभियानी रुवी झा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१