ताजा समाचार

हानिकारक समाजिक मुल्य मान्यता विरुद्ध र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • मंसिर १७, २०७६
  • १५४९ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा ,मंसिर १७ गते ।ओरेक नेपाल, सिरहा युथ नेपाल र समग्र जन उत्थान केन्द्र लहानको संयुक्त आयोजनामा हानिकारक समाजिक मुल्य मान्यता विरुद्ध र्याली तथा अन्तरक्रिया कार्यक्रम माडरमा मंसिर १६ गते सम्पन्न भएको छ ।

समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम गरेको हो ।

आयोजक संस्था सिरहा युथ नेपालकी उपाध्यक्ष शसिरितरामाझी सदाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिरहाको प्रतिनिधि, जिल्ला न्यायधिवक्ता, जिल्ला प्रहरी कार्यालय सिरहाको प्रतिनिधि, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, निर्वाचित जनप्रतिनिधि, संचारकर्मी, किशोरी समूम, महिला समूह, युवा समूह र स्थानिय लगायत ५ सय भन्दा बढीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा समग्र जन उत्थान केन्द्रको तर्फबाट बाल बिवाह तथा दहेज प्रथा विषयक कचहरी नाटक मंचन गरिएको थियो । जसमा समाधान दर्शकहरुले नै गरेको थियो ।

१६ दिने अभियानको आठौ दिन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य ओरेक नेपाल सिरहाकी कार्यक्रम अधिकृत देवकुमारी महराले गर्नुभयो भने कार्यक्रम संचालन समग्रको रामभरोसी महतोले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा श ...

रहमुल, लहान ११ कार्तिक। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रक ...

बोदेबर्साइनमा जसपा न ...

रहमुल, सप्तरी, ११ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–९ सोबरनपट्टीमा विभिन्न राजनीतिक दल ...

सप्तरीको सीमावर्ती क ...

रहमुल, सप्तरी ११ कात्तिक । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤