ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष माथि आक्रमण

  • चैत २८, २०७४
  • ५३७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २८ । ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल माथि आक्रमण भएको छ । गएराती करिब १० बजे अज्ञात समुहले अध्यक्ष पौडेललाई आक्रमण गरेको हो । गाउँपालिकाको केन्द्र यससमा सुतिरहेको अवस्थामा नचिनेका व्यक्तिको समुहले कोठाबाट बाहिर बोलाएर आफुमाथी कुटपिट गरेको अध्यक्ष पौडेलले बताए । पौडेलका अनुसार उनलाई गाउँपालिकको वडा नम्बर ९ पोकलीबाट आएको बताउने ४ जनाको समुहले मुङ्ग्रोले हानेका हुन् । अध्यक्ष पौडेलले अहिले अवस्था चिन्ताजनक नरहेको भन्दै बुधबार अनुसन्धान प्रकृया अघि बढाएर विहिबार मात्रै थप उपचारका लागि काठमाण्डौ जाने बताए ।अज्ञात समुहको आक्रमणबाट घाईते गाउँपालिका अध्यक्ष पौडेलको बायाँ घुँडामा ४ टाँका लगाईएको छ भने तिघ्रा र नलि खुट्टामा गहिरो चोट लागेको छ ।

हातको कान्छि औंलाको नङ सहितको भाग फुटेको छ । राती नै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराईएको र थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भईरहेको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिईन् ।प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । ‘हामीले स्थलगत अनुसन्धान थालेका छौं’ शर्माले भने,‘अपराधी पत्ता लगाएर कारबाहीको दाहेरामा ल्याउछौं ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशको अस्मित ...

कार्तिक २४ । ‎मधेश प्रदेशमा संविधान र संघीयताको भावना विपरीत गैरसंवैधानिक कदम चालिएको भन्दै जनता ...

जिल्ला जनस्वास्थ्य क ...

रहमुल लहान, २४ कात्तिक । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले आ.व. २०८१/८२ को वार्षिक समीक्षा गोष्ठी ...

सखुवानन्कारकट्टीमा ए ...

रहमुल लहान कात्तिक २३ । “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ नेपाल कम्युनिस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१