Siraha Times
ताजा समाचार

ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष माथि आक्रमण

  • चैत २८, २०७४
  • ६०४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २८ । ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल माथि आक्रमण भएको छ । गएराती करिब १० बजे अज्ञात समुहले अध्यक्ष पौडेललाई आक्रमण गरेको हो । गाउँपालिकाको केन्द्र यससमा सुतिरहेको अवस्थामा नचिनेका व्यक्तिको समुहले कोठाबाट बाहिर बोलाएर आफुमाथी कुटपिट गरेको अध्यक्ष पौडेलले बताए । पौडेलका अनुसार उनलाई गाउँपालिकको वडा नम्बर ९ पोकलीबाट आएको बताउने ४ जनाको समुहले मुङ्ग्रोले हानेका हुन् । अध्यक्ष पौडेलले अहिले अवस्था चिन्ताजनक नरहेको भन्दै बुधबार अनुसन्धान प्रकृया अघि बढाएर विहिबार मात्रै थप उपचारका लागि काठमाण्डौ जाने बताए ।अज्ञात समुहको आक्रमणबाट घाईते गाउँपालिका अध्यक्ष पौडेलको बायाँ घुँडामा ४ टाँका लगाईएको छ भने तिघ्रा र नलि खुट्टामा गहिरो चोट लागेको छ ।

हातको कान्छि औंलाको नङ सहितको भाग फुटेको छ । राती नै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराईएको र थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भईरहेको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिईन् ।प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । ‘हामीले स्थलगत अनुसन्धान थालेका छौं’ शर्माले भने,‘अपराधी पत्ता लगाएर कारबाहीको दाहेरामा ल्याउछौं ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१