Siraha Times
ताजा समाचार

नेकपा को भातृ संगठनमा सुधार ल्याएरै छाडछौँ : युवा नेता यादव

  • मंसिर २, २०७६
  • १४७३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा २ मंसिर। सिरहाको लहानमा नेकपा को भातृ संगठन राष्ट्रिय युवा संघ सिरहाको शुभ कामना तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन सिरहाका सहसंयोजक आशानन्द यादव पदासिन हुनु भएकोमा सो बधाई कार्यक्रम राखिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट वहाँले भनु भयो नेपालको भुमि लिपुलख तथा कालापानी एक इन्च पनि मिच्न नदिने बताएका छन्। र अर्को नेतृत्व गर्न लाई हाम्रो संगठमा सुधीकरण गर्नु पर्छ बताए । राष्ट्रिय युवा संघ नेपालको कार्यदलको बैठकले तोकेको सिरहा जिल्लाका सह संयोजक तोकेकोमा यादवलाई बधाई तथा शुभकामना दिनका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल नगर कार्य समिति लहानका अध्यक्ष निजाम अन्सारीले जानकारी दिए। नेपालको भूमि एक इन्च पनि मिच्न नदिने र अरुको पनि एक ईन्च भुमी नमिच्ने भन्दै राष्ट्रियताको मुद्धामा सबै लाई एकै ठाउँमा उभिन आग्रह गर्दै कार्यक्रमा सहभागी सम्पूर्ण युवाहरुलाई संगठित भई देशको उन्नति ,प्रगति र समृद्धि तर्फ अग्रसर हुन् आग्रह गदै युवा संघ सिरहामा आवद्ध युवाहरुको क्षमता विकास र नेतृत्व विकासका लागि आफु सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी युवाहरुले सहसंयोजक आशानन्द यादवलाई सफल कार्यकालको शुभकामना तथा बधाई दिंदै नेपालि भुमि फिर्ता गराउन सरकारले छिटोभन्दा छिटो कुटनितिक तथा राजनितक तवरबाट पहल गर्नुपर्ने बताए। कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल नगर कार्य समिति लहानका अध्यक्ष निजाम अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१