Siraha Times
ताजा समाचार

असंतुसट जनप्रतिनिधिहरुले गाउँ पालिका अध्यक्षलाई दिए ज्ञापनपत्र

  • कार्तिक २८, २०७६
  • ८८८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा २८ कार्तिक । सिरहाको लक्ष्मीपुर पतारी गाउँ पालिकामा असंतुष्ट पक्षले विकासको काममा संतुष्ट नभएको भन्दै गाउँ पालिकामा अध्यक्ष राम बल्भव साह समक्ष ज्ञापन पत्र बुझाईएको छ । यस गा पा को कार्यालयबाट पटक पटक जनप्रतिनिधि तथा नियम कानून विपरीत कृयाकलाप भईरहेको हुदाँ त्यस्ता काम काज अबिलम्ब रोक्न वडा अध्यक्षहरु, जनप्रतिनिधि तथा आम जनता समेतको टोलिले गा पाको कार्यालयमा गई अध्यक्षलाई ज्ञापन पत्र बुझाईएको छ । गाउँ पालिकाबाट वडाको लागी छुटटयाईएको रकममा कटौति,वडा स्तरबाट छनौट गरी दिएको योजनामा आफनो मन मानीले कटौति,वडा स्तरीय बजेट बााडफाँडमा भेदभाव,अध्यक्ष र उपाध्यक्षको आफनो किसिमले मानोमानी जस्ता आरोप लक्ष्मीपुर पतारी गाउँपालिका ५ का वडा अध्यक्ष देव कुमार यादवले लगाएका छन ।वडा नम्बर ४ का वडा अध्यक्ष विद्यानन्द साह, ५ का वडा अध्यक्ष देव कुमार यादव र ६ का वडा अध्यक्ष राजेश्वर साह सुडीको अगुवाईमा गएको टोलीले १६ बुँदे ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्र बुझदै साहले भने हामीले ज्ञापन पत्र स्वीकार गरीयौ पढी पनि सकियो अब हामी विशेष गाउँ सभाको बैठक बोलाएर त्यो अनुसारको योजना बनाई कार्य संचालन गर्ने छौं । पतारी पर्यटकीय क्षेत्रमा घोषणा भएको छ यसको लागी हामीले केहि न केही गर्नै पर्ने हुन्छ अब बैठक पछि बजेट छनौट गर्नेछौ । तपाईहरु कुनै ठोस योजनाहरु लिएर आउनुस हामी बजेट विनियोजन गर्न तयार छौ । यता १६ बुँदे ज्ञापन पत्रमा एक हप्ताको समय दिएको छ एक हप्ता भित्र सुधार भएन भने हामी जनता चरणबद्ध आनदालन गरी गा पा मा ताला बनदी गरी काम काज बन्द गर्ने सो बाट भएका क्षतिपुर्ति र जनताको पिडा समेतको जवाफदेही गा. पा. अध्यक्ष र उपाध्यक्षले लिनु पर्ने ज्ञापन पत्रमा उल्लेख भएको वडा ६ का वडा अध्यक्ष राजेश्वर साह सुडिले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१