Siraha Times
ताजा समाचार

सिरहामा छठ पर्वको समापन लगत्तै पोखरी र नदिहरु दुर्गन्धित बन्दै

  • कार्तिक २६, २०७६
  • ११५३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिनोद अधिकारी ,सिरहा २६ कार्तिक -मधेसको महान पर्व छठ उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सम्पन्न भएको छ । ब्रतालुहरुले श्रद्धापुर्वक उदाउँदो सूर्यलाई अर्घ दिएसँगै विधिवध रूपमा यो पर्व सम्पन्न भएको हो । पर्व सकिने लगतै मधेसको नदि पोखरीहरु दुर्गन्धित बन्दै गएको छ । पर्व हुनु भन्दा १ महिना अगाडी देखी नै ओहोरात खटेर सरसफाई र दुलहीन जस्तो सिंगारिएको देखिन्थ्यो ,पर्व सकिने बितिकै गाउँ - गाउँ को नदि र पोखरी र जलाशयहरुमा पुजामा सिंगारिएको बेलामा प्रयोग भएको सर सम्माहरु उचित ठाँउमा न राखी जथाभावी फोहोर थोपारने गरेको देखिन्छ । सिरहाको लक्ष्मिपुर पतारी गाउँ पालिका ३ धन्छवार स्थित रहेको काजी पोखरीमा जहाँ हजारौंको बस्तीरहेको छ । त्यहाँको स्थानीयहरुले नाउँने देखी लिए गाई बस्तुको पानी समेत खुवाउने गरेको स्थानीय राम दयाल रामले बाउनु भयो । अहिले सार्बजनिक रूपमा पोखरीको प्रयोग स्थानीय बासिन्दाहरुले गरिन्छ तर पोखरीको संक्षरण कसैले गर्दैन पोखरीको कारण हाम्रो समुदायको मानिसहरु बेलाबेलामा बिरामीको सिकार भोगनु परेको बताउछ् । जन प्रतिनिधि बिदयान्दन साहले पनि वास्ता नगरेको स्थानीयहरुको गुनासो छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अस्ताउदो सुर्यलाई अर्घ दिने चलन छ । तराई मधेसका नदि, तलाव तथा पाेखरीमा झकिझकाउ घाट निर्माण गरी ब्रतालुहरुले सूर्यदेवको आराधना र उपासना गर्न गरेका छन् । सन्तान प्राप्तिका साथै सुख र शान्तिका लागि छठ पर्व मनाउने चलन छ । यो सद्भावको पर्व पनि हो ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१