Siraha Times
ताजा समाचार

दोहोरो लेखा प्रणाली सम्बन्धि तालीम सुरु

  • कार्तिक २१, २०७६
  • १८३० पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान , २१ कार्तिक सप्तरीको सुरुङ्गा नगरपालिकाको श्री जनप्रभात माबी दौलतपुरमा आज एक दिने दोहोरो लेखा प्रणाली तालिम सुरु भएको छ । समाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष देवेन्द्र चौधरीको प्रमुख आतिथ्यमा संचालित तालीममा बिधालयको दोहोरो लेखा प्रणाली कार्यान्वयन को साथै बिधालयको लेखा लाई सुदृढ गर्ने उदेश्यले तालीम संचालन भएको कार्यक्रम संचालक कमल सेन ठकुरीले जानकारी दिनुभएको छ । वडा नम्बर ३ का वडा अध्यक्ष रुद्र बहादुर कार्कीको सभाअध्यक्षतामा संचालित तालीममा सो नगरपालिकाका १५ बिधालयका ३० जना प्रधानाध्यापक , लेखा सम्बन्धि काम गर्ने शिक्षकको सहभागिता रहेको जनप्रभात माबी दौलतपुरका प्रधानाध्यापक सुर्य नारायण चौधरीले बताए । तालीमको सहजीकरण सुरुङा नगरपालिकाका लेखापाल चित्र प्रसाद आचार्यले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१