Siraha Times
ताजा समाचार

पानीको हिसाबले नेपाल संसारको दोस्रो धनी राष्ट्र : राष्ट्रियसभा सदस्य प्याकुरेल

  • कार्तिक १६, २०७६
  • २२४१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

रासिन्द्र यादव लहान १६ , कार्तिक । नेकपाको सरकार पानीलाई संरक्षण गर्न कुनै पनि कसर बाकी नराख्ने राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले बताएका छन ।शुक्रबार नेपाल कम्युनिस्ट पार्टी बलानबिहुल गाउँपालिका र बोदेबरसाईन नगरपालिकाको संयुक्त आयोजनामा भएको दशै , दिपावली , छठ , ईद बकरईद को शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो बताउनु भएको हो । प्रमुख अतिथिको आसन्नबाट बोल्दै उहाँले नेकपाको सरकारकै पालामा ठुल ठुला जलविद्युतको आयोजनाहरुको काम आगाडी बढी सकेको बताए । सरकारको प्रमुख आयोजनाको रुपमा सुनकोसी कमला डाईभर्सन प्राथमिकतामा रहेकोले किसानको समस्या यै सरकारको पालोमा पूरा हुने उनले ठोकुवा गरे । जलविद्युतको माध्यमले नेपाल सम्पन्न राष्ट्र हुने भएकाले छिमेकी मुलुक चाईना , भारत , बाङग्लादेश लगायतको मुलुकमा विद्युत बेच्न सकिने बताए । पानीको सदुपयोग गर्न छिमेकी मित्र राष्ट्रसंग सरकारले कतिपय सम्झौता गरिसकेको उनले जानकारी दिए । अर्को प्रसङ्गमा उनलेे भने नेकपा दुनियाँको ठूलो पार्टी हो अब आउने चुनावमा पनि नेकपालाई कसैले पनि परास्त गर्न नसक्ने दाबी गरे । मंसिर १४ गते हुने उपनिर्वाचनले यस्को चित्रण गर्ने भन्दै उनले भने पोखरामा नेपाली काङ्ग्रेस अन्य पार्टीसंग गठबंधन गरिरहेको बत्ताए । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एबम सप्तरी जिल्ला ईन्चार्ज रामपृत पासमानले भन्नुभयो लोकतान्त्रिक ब्यबस्थामा राजनीतिक भ्रष्टाचार हुनुभएन । नेकपा भित्र ठुला वडा पुजिपतिलाई मात्र चुनावमा टिकट दिने परम्परा रहेमा पार्टी जुनसुकै बेला तल झर्न सक्ने बताए । पासवानले कम्युनिस्ट पार्टी सर्बहरा बर्गको उत्थान गर्ने पार्टी भएकोले राजनीति रुपमा भ्रष्टाचार नगर्न उच्च पदस्थलाई आग्रह गरे । बलानबिहुल गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष सुर्य कुमार दासको सभा अध्यक्षतामा संचालित शुभकामना अदान प्रदान कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष अमर मण्डल , प्रदेश सदस्य छेदी रजक , प्रदेश सभा सदस्य रुबि कर्ण , शिक्षकको तर्फबाट दिनेश्वर प्रसाद यादव , पार्टीका सकृय कमरेड राम कुमार यादव लगायतका सयौ नेता तथा कार्यकर्ताले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सत्य नारायण यादव , शिव कुमार सदाय , कुलदेब यादव , बुधनी देबि सदा लगायतका सयौंको संख्यामा सामाजबादी पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१