Siraha Times
ताजा समाचार

म भोजन गराउने पक्षमा छैन बिकास निर्माण कार्यको पक्षमा छौँ गा.पा. अध्यक्ष यादव

  • कार्तिक ६, २०७६
  • ११८६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह, सिरहा ६ कार्तिक । सिरहाको नरहा गाउँ पालिका अध्यक्ष राम शरण यादव माथि गाउँ पालिका पदाधिकारीहरले विभिन्न खाले आरोप प्रतिआरोप लगाएका छन । महिला सदस्य कारो देवि सदाय संगिता देवि यादव लगायतले अध्यक्ष यादव माथि हरहिसाबन माग्दा दिएको,न्याय समितिको नाताले न्याय गर्ने ठाँउमा नसोधेको ,महिलाको कुनै किसिमको अधिकार छैन भनेर भनेको जस्ता आरोप सदस्यहरुले लगाएका छन । त्यस आरोपलाई चिरफार गर्न अध्यक्ष यादवले आफनो तर्फबाट खण्डन गरेका छन । खण्डन गर्दै यादवले भनु भयो महिला मात्र होईन सबै सदस्य र अध्यक्षहरुको बरोबरको अधिकार छ तर कहाँ छ कसरी छ त्यो नियमावलिमा छ त्यसमा जो छ त्यसबाट एक कदम पनि पछाडी हटदिन अधिकार दिन, अब जहाँ सम्म रहियो हरसिहाबको कुरा त हरहिसाब सबै सदस्य र अध्यक्षहरुलाई पालैपालो गरी हिसाब दिन भ्याउदैन मैले भनेको थिए म समय मिलाउछु सर्व दलिय बैठक बोलाएर हरहिसाव पनि पारदर्शिता गर्छु । वहाँले प्रसंग बदलदै भनु भयो यो क्षेत्र सदियौ देखि नेपाली कांग्रेसको हो,त्यसैले मलाई टर्चर आईरहेको छ, म विकास गर्न चाहन्छु र गरिरहेको पनि छु मेरो विकास देखेर वहाँहरुलाई शंका लाग्छ कि अब जनता हामीहरुलाई नपत्याउने हो कि भनेर त्यसैले यस्ता किसिमका आरोपहरु रहेका छन । मलाई आभाष भईरहेको छ कि वहाँहरुलाई भोजन चाहियो तर म भोजन गराउने पक्षमा छैन म विकास प्रेमी विकास गर्न चाहन्छु अध्यक्ष यादवले जिकिर गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१