समाजसेवाका लागी मरीमेटने वडा अध्यक्ष यादव

  • असोज २२, २०७६
  • १०५० पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिजय साह लहान २२ असोज । सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामलोभित यादवले समाज सेवाको लागी मरीमेटने बतानु भएको छ । सुखिप्र नगरपालिका ४ पोखरीयाका एका सुकुम्वासी दलित घर परिवालाई आापत परेको बेला गरेको सहयोगलाई दृष्टिगत गर्दै अध्यक्ष यादवले यस्तो बताएका छन । पोखरीया निवासी ३० वर्षीय रविन्द्र रामकी २५ वर्षीया पत्नी रामसखी रामले गत सोमबारका दिन एकै पटक दुई छोराको जन्म दिएकी छिन । जन्मिएको दुई बच्चाको स्वास्थ्य अवस्था ठिक भए पनि आमाको स्वास्थ्य अवस्था ठिक नभएको रामसखिका श्रीमानले बतएका छन । सुकुम्बासी तथा गरीबीले गर्दा पत्नीको अपचार गर्न चारैतिर गुहार मागेको थिए कसैको मेरो गुहार सुनेन, तर सम्बन्धित वडाका वडा अध्यक्ष यादवले वहाँलाई भरपुर्ण मात्रामा सहयोग गरेका छन ।

यादवले ततकाल ४ हजार नगद र २ पोका ब्लडको समेत व्यस्था गरि दिएका छन । सुखिपुर नगरपालिकाका मेयर राम अवतार यादवले पनि ततकाल रु ५ हजार नगद सहयोग गरेका छन । त्यस रकमबाट धनगढीमाई नगरपालिका ९ मुसहरनीया स्थित रहेका आर के मिडसिटि हस्पिटलमा उपचार भई रहेको थियो तर त्याहाँ उपचार सम्भव नभए पछि थप उपचारको लागी विराटनगर स्थित नोबेल होस्पिटल रेफर गरीएको अस्पताल स्रोतले जनाएका छन ।सुखिपुर नगरपालिका भित्रका ११ वडा अध्यक्षहरु मिलि गरीब सहायता कोष निमार्ण गरेका छन । त्यस कोषबाट बच्चा र आमाको उपचारका लागी ३० हजार नगद सहयोग गरेका छन । म आफनो तर्फबाट २० हजार अरु सहयोग गर्न सक्छु त्यसमा पनि अपुग भए साथी भाई र विभिन्न संघ संस्थामा गई सहयोग मगनेछु । यो बिरामीलाई बचाउनको लागी जहाँ माग्नु पर्छ जहाँ हात फैलाउनु पर्छ त्यसको लागी म एक कदम पनि म पछि नपर्ने अध्यक्ष यादवले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

लहानमा खैरो हिरोईन ज ...

रहमुल,लहान ४ पुस । सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढा चौकस्थित फुलवारीमा लागुऔषध बिक्री&nda ...

मिडियालाई स्वतन्त्र, ...

ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१