Siraha Times
ताजा समाचार

मधेशमा ५ सय वटा बुढानिलकण्ठ शैलिको विद्यालय खेल्नु पर्छ, संयोजक मिश्र

  • असोज ११, २०७६
  • ९४७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह, लहान, सिरहा ११ असोज। साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जनताले साथ दिएकै कारण पार्टी तेस्रो रुपमा स्थापित भएको दाबी गरेका छन् । प्रदेश २ अन्तर्गत सिरहा जिल्लाको गोलबजार मै पहिलोपटक यस्तो कार्यक्रम सम्पन्न गर्न सफल भएका छौ।जिल्ला संयोजक घोषणा तथा नागरिक संवोधन कार्यक्रमलाई गोलबजारमा सम्बोधन गर्दै संयोजक मिश्रले प्राविधिक रुपमा पाँचौ स्थानमा भएपनि राजनीतिक रुपमा तेस्रो स्थानमा भएको बताए । न त पार्टीको आफनै कार्यालय थियो । न त संगठन नै निर्माण भएको थियो,’ संयोजक मिश्रले भने– ‘यस्तो अवस्थामा तीन वटा निर्वाचनमा पुराना पार्टीलाई पछि पार्दै हाम्रो पार्टी पाँचौ स्थानमा आयो । यो जनताको ठूलो साथ हो भनेर म बुझद छु । गुणस्तरहीन स्कुलबाट उत्पादन भएका ती बालबालिकाले कसरी मधेशलाई कसरी उकासन सकिन्छ त्यसलाई मध्य नजर गर्दे मधेशका मसिहा भनेर चिनिने मसिहाहरुले जनताको भावना बुझन सकेन बरु त्यो भन्दा बढी हामीले बुझेका छौ । जनताको भावना बुझनको लागी मधेशमा ५ सय बुढानिलकण्ठ शैलिको विधालय स्थापना गर्न आवश्यक देखिन्छ ।

परम्परागत शैलिमा चल्ने ठूला पार्टीको पद्धतीका कारण देशमा वेरोजगार, भ्रष्ट्राचार बढ्दै गएको भन्दै संयोजक मिश्रले भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता प्रमुख अभियान भएको तर्क अघि सारे । आफुहरु सत्ता प्राप्ती भन्दा पनि पार्टीले अघि सारेका एजेन्डाको न्यायको पक्षमा रहेको उनले बताए । सामान्य नागरिक देखि प्रवुद्ध व्यक्तिसंगको छलफललाई चलायमान र गतिशिल बनाउन राजनीतिक भुँइ यात्राको अभियान सुरु गरेको भन्दै संयोजक मिश्रले भातृ संगठनका रुपमा युवा, महिला र जेष्ठ नागरिक संगठन निर्माण गर्ने बताए । अन्य राजनीतिक पार्टी जस्तो, शिक्षक, वकील, इन्जिनियर, पत्रकार, डाक्टर, कर्मचारी लगाएतका संगठन नखोल्ने बताए ।

फरक प्रसंगमा संयोजक मिश्रले भने संविधानलाई नाघेर हिंसात्मक गतिविधिमा लागेको विप्लव माओवादीलाई सरकारले प्रतिवन्ध लगाउनु स्वभाविक भएको बताए । हिसांत्मक गतिविधि र बम विष्फोट गराउनु शान्ति विरोधी गतिविधि भएको उनले बताए । धेरै लामो त्याग बलिदानी पछि देशमा आएको संघियता, धर्मनिरीपेक्षता र गणतन्त्रको तत्काल उपलब्धी खोज्ने बेला नभएको भन्दै कार्यान्वयनको चरणमा भएकाले संस्थागत हुन अझै केहि समय लाग्ने संयोजक मिश्रले बताए । कार्यक्रम बिच सिरहा जिल्ला संयोजकमा धनपैत यादवलाई माटोको टिका लगाई संयोजकमा चयन गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१