Siraha Times
ताजा समाचार

रेडियो सरगम आवाज बिहिनको लागि आवाज बनेकोमा खुशी छु : संचालक फिरोज शेख

  • असोज ११, २०७६
  • २०२१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सिरहा, १० असोज । धेरै कम समयमा एफएम रेडियो जगतमा जनमन को आवाज बनेर लोकप्रिय भएको लाहानका सरगम एफएम ले आफ्नो चौथो जन्मदिन बडो उत्साहको साथ मनाएको छ । ‘हरएक मनको आवाज’ सुचना ,संगीत र मनोरंजनका लागि हरपल तपाइको साथ् भन्ने मूल नाराका साथ रेडियो सरगत ९३ मगाहर्जले तेस्रो वसन्त पार गरि चौथो वर्षमा प्रवेश गरेका छन् । शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित सिरहा जिल्लाकै पहिलो ५०० वाट क्षमता भएको रेडियो सरगम ९३ मेगाहर्जले सफलतापूर्वक तेस्रो वर्ष पुरागरी आज बाट चौथो वर्षमा प्रवेश गरेको हो।

तेस्रो वार्षिकोत्सवको अवसरमा श्रोताहरुले रेडियो सुन्नुपर्ने खालका लोकप्रिय, ज्ञानबर्द्धक, बौद्धिक कार्यक्रम, सन्तुलित र तथ्यपरक समाचार, सकरात्मक सोच सहितको गीतसंगित तथा मनोरञ्जनका कार्यक्रमहरु अझ बढी थपिदै लैजाने योजना रहेको रेडियोका संस्थापक अध्यक्ष फिरोज शेखले बताएका छन । उहाँले आफना सदस्य, बिज्ञापन दाता, कर्मचारी, सहयोगी, स्वदेश तथा विदेशमा रहेका श्रोता लगायत रेडियोलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सोहि अनुसार सहयोगको अपेक्षा गरेको अध्यक्ष शेखले बताउनु भएको छ। छोटो समयमा रेडियो सरगम ९३ मेगर्जले आफ्नो गुणस्तरीयता, निष्पक्षता, बोल्ने शैली, सुचना तथा मनोरंजनमा सबै स्रोता, विज्ञापनदाता, नागरिकसमाज र सिरहा, सप्तरी, धनुषा, उदयपुर, सिन्धुली, खोटाङ्ग, भारत बिहार लगायत अनलाइन प्रबिधि मार्फत देश तथा विदेशमा रहनु भएका स्रोताहरुको मन जितन सफल भएको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ट कार्य गर्दै समाज परिवर्तनमा अमुल्य योगदान पुर्याउने अध्यक्ष शेखले प्रतिवद्धता जनाएका छन्। रेडियो सरगमले विहान ४ :३० बजे देखि राति १२ बजे सम्म दैनिक २० घण्टा प्रसारण दिदै आइरहेको यस क्षेत्रका एक मात्र रेडियो स्टेसन हो ।

 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१