Siraha Times
ताजा समाचार

‘कमला नदीमात्र होइन, मानव सभ्यता पनि हो’

  • असोज ५, २०७६
  • १०५५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सुशिल राउत सबैला, ५ असोज । प्रदेश २ नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले कमलालाई नदीको रुपमा मात्र नबुझेर मानव सभ्यताको रुपमा अध्ययन र संरक्षण गर्नुपर्ने बताएका छन् ।विक्रम यादवको नेतृत्वमा सञ्चालित कमला बचाउ अभियान अन्तरगत शनिबार कमला नगरपालिका –७, हथमुण्डामा आयोजित चेतना शिविरलाई सम्बोधन गर्दै झाले कमलाको महत्व स्थानीय बासिन्दाले बझ्न आवश्यक रहेको र यसका लागि अभियानको निरन्तरतामा जोड दिए ।

शिविरमा शहिदनगर नगरपालिकाका प्रमुख उदयकुमार बरबरिया यादवले कमला बचाउ अभियानमा आफु एक सदस्यको रुपमा अनवरत खटिरहने प्रतिबद्धता जाहेर गरे । कमला बचाउ अभियानलाई अझ उचाइमा पु¥याउन निकट भविष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर योजना अघि बढाउने उनले बताए । ‘म कुनै नगरपालिकाको मयेर हुँला, तर, त्यसभन्दा पनि कमला बचाउ अभियानीको रुपमा म आफुलाई चिनाउन चाहन्छु’ उनले भने ।

कमला नगरपालिकाका प्रमुख रामउद्गार गोइतले कमला नदी बचाउ अभियानलाई प्रभावकारी बनाउन कमला नदीसँग टाँसिएर रहेका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुको वडामा समन्वय तथा चेतनामुलक अन्तरक्रिया कार्यक्रम गर्न सुझाए । शिविरमा अभियानी विक्रम यादव, सहायक वन अधिकृत सुरेश शर्मा, वडा अध्यक्षहरु तपेश्वर यादव र समसुल मियाँ लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१