Siraha Times
ताजा समाचार

कमला बचाउ अभियान अन्तर्गत सारस्वरमा बृक्षा रोपन

  • भदौ २९, २०७६
  • १४६३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया,सिरहा भाद्र २९ गते ।कमला बचाउ अभियान अन्तर्गत शनिबार सिरहा नगरपालिकाको वडा न.१२ सारस्वरको महादेव मन्दीरको प्राङ्गणमा कमला बचाउ अभियान थालेको छ ।सिरहा नगरपालिकाका मेयर अशेश्वर यादवको अध्यक्षता एवम् प्रमुख अतिथि शहिदनगर नगरपालिकाका मुलुककै कान्छो मेयर उदय कुमार बरबरिया,बिशिस्ट अतिथि कल्याणपुर नगरपालिकाका नगर प्रमुख सुर्यनाथ मण्डल,रेडक्रस सिरहाका सभापति राजदेव यादव,वडा अध्यक्ष मोतिबुल राइन,कमला बचाउ अभियानका संयोजक बिक्रम यादव,कमला अभियानि बिनोद महरा, पोषण प्रमुख रुपेश बिराजी,पत्रकार नरेशचन्द्र बरबरिया लगायत किसान,विभिन्न वडाका वडा सदस्य,बुद्धिजिवीहरुको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै मेयर बरबरिया सर्वप्रथम हामी कमला अभियानी हौ यस कार्यक्रममा आफु कुनै पार्टीको प्रतिनिधि नभइ अभियानीको रुपमा छौ कमला अभियानमा हामी साथ छौ,कमला बचाउ अभियानमा स्थानीय तह बाट हुन सक्ने काममा कदापि पछाडि नहट्ने प्रतिबद्धताका साथ साथै कमला भेगमा पर्ने सम्पुर्ण नगरपालिकाका नगर प्रमुखहरु संग समन्वय गरेर अगाडी बढ्ने बताए। उनले भने आफु केन्द्रिय सरकारलाई पटकपटक कोशी, कमला डाईभर्सन र चुरे संरक्षणको पहल गरेको छु अबको केही दिनमै प्रधानमन्त्री केपि शर्मा ओली संग भेटेर कमला बचाउ अभियानको लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।उक्त अभियानलाई समाजिक संजाल बाट पनि बृहत रुपमा फैलाउनु जरुरी देखिन्छ यस्तै सिरहा नगरपालिकामा मेयर यादव "आफू पनि यस अभियानलाई पुर्ण रुपले आत्मसात गर्दै आगाडी बढने बताए ।मेयरले मात्र गरेर नहुने सम्पुर्ण जनता आफनो ठाउँ बाट कटिबद्ध भएर साथ दिए मात्र अभियान सफल हुने बताए ।कमलाको वरिपरि रहेको वडाहरु संग समन्वय गरेर बिचबिचमा अन्तरक्रिया गर्नु पर्ने आवश्यक रहेको बताए ।यस्तै कमला अभियानका संयोजक बिक्रम यादव भने आ-आफनो ठाउँ बाटै अभियानमा लाग्ने चुरेलाई पनि बचाउनु पर्छ आफ्नो स्तर बाटै कमलाको वरिपरिमा बृक्षा रोपन गरेमा सजिलै अक्सिजन पाउन सकिन्छ ।साथै महादेव मन्दिरको परिसरमा बृक्षा रोपन समेत भएको थियोे ।

 

प्रतिक्रिया दिनुहोस

अस्पताल व्यवस्थापन स ...

रहमुल,लहान, २८ जेठ । मधेश प्रदेश अन्तर्गतका अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र न ...

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१