Siraha Times
ताजा समाचार

कमला बचाउ अभियान अन्तर्गत कमला नदी किनारमा वृक्षलाई बचाउने : मेयर बरबरिया

  • भदौ २५, २०७६
  • २०३९ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

भदौ २५ । कमला बचाउ अभियान अन्तर्गत कमला नदी किनारमा वृक्षलाई बचाउने : मेयर बरबरियामुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले घैटोमा पानी भरेर वृक्षलाई बचाउने प्रयास थालेका छन् । कमला बचाउ अभियान अन्तर्गत कमला नदी किनारमा रोपन गरिएको वृक्षलाई बचाउने वाचा गरेका मेयर बरबरियाले एकाविहानै आफ्ना टीमसँगै घैंटोमा पानी भरेर वृक्षलाई पानी हाल्ने गरेका छन् । मेयर बरबरियाले आफै पनि घैंटोमा पानी भरेर नयाँ रोपिएको रुख विरुवा बचाउनको लागि गरेको प्रयासलाई चौतर्फी सराहना र प्रशंसा गरिएको छ । सो क्रममा प्रदेश नं. २ वन निर्देशनालयका अधिकृत एवम् समाजसेवी तथा पर्यावरण अभियानी सुरेश शर्माले समाजिक सँजाल मार्फत मेयर बरबरियाको प्रशंसा गरेका छन् । उनले लेखेका छन् ग्रेट म्यान ग्रेट वर्क भन्दै उनको टीमलाई धन्यवाद समेत दिएका छन् । मेयर बरबरियाले नयाँ रोपिएको बोट विरुवा बचाउनको लागि विहानै घैंटोमा पानी भरेर पानी हाल्दै गरेको तस्विर उनका निकट एक जनाले समाजिक सँजाल फेसबुकमा हालेपछि तस्विर जनकपुर क्षेत्रमा भाईरल भएको हो ।

सोही क्रममा कमला बचाउ अभियानका अगुवा एवम् कमला बचाउ अभियानी विक्रम यादवले समेत उनको कार्यको प्रशंसा गरेका छन् । अभियानी यादवले फेसबुकमा - "कमला बचाउ अभियान ले ब्यापक्ता लिदै अभियान को पहलमा लगाईएको बिरुवा मा खडेरी भएको बाबजुद शहिदनगर नगरपालिका का मेयर उदय बरबरिया यादव ज्युको सराहनीय काम जय हो मेयर साहेब । जय कमला |" - भनेर लेखेका छन् । समाजिक सँजालमा तस्विर शेयर भएपछि यस विषयमा मेयर बरबरियाले कमला नदीको छर्कीमा रोपिएको वृक्ष बचाउने सौभाग्य अवसर आफूलाई प्राप्त भएको भन्दै उनले गाउँबाट आफ्ना टीमसँगै घैंटो, बोतल , कमण्ल, बाल्टिमा पानी भरेर वृक्षलाई पानी दिएको बताए । प्रत्येक शनिबार हुने कमला बचाउ अभियानको जागरण र वृक्षारोपन कार्यक्रम अन्तर्गत शहिदनगर नगरपालिकाको तर्फबाट वृक्ष सुरक्षाको लागि बाँसको घेराबार लगाइएको थियो भने अहिले विरुवा बचाउन गाउँबाट पानी ढुवानी गरी बचाउने प्रयास गरिरहेको बताए । पर्यावरण बचाउ तथा कमला नदीको कहरबाट नगरका जनतालाई जोगाउन कमला नदीको किनारमा घना रुपमा वृक्षारोपनको विकल्प नरहेको बताउँदै उनले हरियाली नगर र बाढीको उत्तम विकल्प वृक्ष लगानी नै रहेको औल्याए ।

 

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१