Siraha Times
ताजा समाचार

भाइरल ज्वरोका बिरामी बढेपछि लहान–१६ मा निःशुल्क स्वास्थ्य शिविर

  • भदौ २५, २०८३
  • ३१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान नगरपालिका–१६ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। वडा क्षेत्रमा ज्वरो तथा विभिन्न स्वास्थ्य समस्याबाट पीडित बिरामीको संख्या बढ्दै गएको जानकारी पाएलगत्तै लहान नगरपालिकाका मेयर महेश चौधरीको पहलमा आज स्थानीय स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

शिविरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले स्थानीय बिरामीहरूको स्वास्थ्य परीक्षण गरेको थियो। स्वास्थ्य परीक्षणका क्रममा ज्वरो, रुघाखोकी तथा मौसम परिवर्तनसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्याको जाँच गर्नुका साथै आवश्यक परामर्श र औषधिसमेत निःशुल्क उपलब्ध गराइएको थियो।

स्वास्थ्य शिविरबाट वडा नम्बर १६ का धेरै स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। विशेषगरी ज्वरो तथा अन्य स्वास्थ्य समस्या देखिएर उपचारको आवश्यकता भएका स्थानीयहरू स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य परीक्षण गराएका थिए।

मौसम परिवर्तनसँगै भाइरल संक्रमणको जोखिम बढ्न सक्ने भएकाले समयमै स्वास्थ्य परीक्षण र उपचार आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। उनीहरूले ज्वरो आएमा वा स्वास्थ्यमा कुनै असहजता महसुस भएमा लापरवाही नगरी स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको सल्लाह लिन समेत आग्रह गरेका छन्।

लहान नगरपालिकाका मेयर महेश चौधरीले स्थानीय नागरिकको स्वास्थ्यलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै ज्वरो तथा अन्य स्वास्थ्यसम्बन्धी समस्या देखिएका नागरिकलाई नजिकको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन्।

मेयर चौधरीले आवश्यकताअनुसार नगरपालिकाले स्वास्थ्य सेवा र उपचारलाई थप प्रभावकारी बनाउँदै लैजाने समेत बताएका छन्। स्थानीयस्तरमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम भएको भन्दै स्थानीयहरूले खुशी व्यक्त गरेका छन्।

लहान नगरपालिका–१६ मा सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरले ज्वरोका बिरामीलाई समयमै स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुगेको स्थानीयहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१