Siraha Times
ताजा समाचार

लहानमा जसपा नेपालको नगरस्तरीय भेला सम्पन्न, संगठन सुदृढीकरणमा जोड

  • भदौ ७, २०८३
  • १० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ। जसपा नेपाल लहान नगर समितिका अध्यक्ष राम उदगार महतोको अध्यक्षतामा आयोजित भेलामा पार्टीको संगठन सुदृढीकरण, स्थानीय तहमा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने तथा आगामी राजनीतिक गतिविधिबारे छलफल गरिएको छ।

लहान नगरपालिका–६ स्थित रौनियार सेवा सदनमा दिउँसो १ः३० बजे आयोजना गरिएको भेलामा जसपा नेपालका केन्द्रीय तथा स्थानीय तहका नेता, पदाधिकारी र कार्यकर्ताहरूको सहभागिता रहेको थियो। ‘समाजवाद, सुशासन र समृद्धि’ भन्ने नारासहित आयोजित भेलामा स्थानीय तहमा पार्टी संगठनलाई थप मजबुत बनाउने, कार्यकर्ताबीच आपसी समन्वय बढाउने तथा जनताका सवाललाई प्राथमिकताका साथ उठाउने विषयमा छलफल भएको आयोजकले जनाएको छ।

भेलामा पार्टीको संगठन विस्तारसँगै टोल, वडा तथा नगर तहसम्मका संगठनलाई थप सक्रिय बनाउने, जनतासँग प्रत्यक्ष सम्पर्क र सहकार्य बढाउने तथा आगामी दिनमा पार्टीका राजनीतिक एवं सामाजिक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा नेताहरूले धारणा राखेका थिए। जसपा नेपालले संगठन विस्तार तथा सुदृढीकरणलाई प्राथमिकतामा राख्दै स्थानीय तहसम्म पार्टीको उपस्थिति बलियो बनाउने अभियान सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत लहान नगरमा पनि पार्टीका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नगरस्तरीय भेला आयोजना गरिएको जनाइएको छ।

भेलाले स्थानीय तहमा संगठनलाई चलायमान बनाउँदै जनताका दैनिक समस्या तथा सवाललाई पार्टीको राजनीतिक एजेन्डासँग जोडेर अघि बढ्ने वातावरण निर्माण गरेको सहभागी नेताहरूले बताएका छन्। भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीको नीति, विचार र कार्यक्रमलाई स्थानीय स्तरसम्म पुर्‍याउँदै संगठनलाई थप एकताबद्ध र सशक्त बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१