Siraha Times
ताजा समाचार

कमला बचाउ अभियान अन्तर्गत ५०० वृक्षारोपण

  • भदौ १४, २०७६
  • ८४६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जनकपुर भदौ १४ । कमला बचाउ सप्ताहिक अभियान अन्तर्गत आज धनुषाको शाहिदनगर नगरपालिका वडा नं. २ मा वृक्षारोपण गरिएको छ । कमला नदीको तटमा बतराही कमलपुर देखि रामघाट सम्म ५०० विभिन्न प्रजातिको बिरुवाहरु घेराबेरा सहित लगाईएको छ । कमला बचाउ अभियानका संयोजक बिक्रम यादवको पहलमा भएको सो कार्यक्रममा बन पर्यटन मन्त्रालयका सचिब नवराज काफ्लेलाई सम्मानित समेत गरिएको छ । शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरियाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा जिल्ला ईन्चार्ज श्रवन बरबरिया यादब प्रमुख आतिथ्य रहेको थियो । बन पर्यटन सचिब नवराज काफ्ले विशेष उपस्थिति एवम भारत बिहारका कमला अभियानी रामनाथ सिंह , बिनोद कुमारको समूह , शहिदनगर नगरपालिकाका कार्यकारी अधिकृत नन्द कुमार झा , बन अधिकृत राजेन्द्र कर्ण , ई प्र का यदुकुहा प्रहरी ईन्चार्ज दिपकबाबु के सि , जएमाबीका बरिष्ठ शिक्षक प्रदिप साह , शिक्षिका लक्ष्मी महतो , वडा अध्यक्ष तेजिलाल यादव , कमला अभियानी सुरेन्द्र यादव , बिनोद महरा,श्रीप्रसाद यादव,राजकिशोर सल्हैता,बिरेन्द्र यादव कमला नजिकका समाजसेवी बुद्धिजीवी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१