Siraha Times
ताजा समाचार

बलान खोलाबाट ५३ किलोभन्दा बढी गाँजा बरामद, चार जना फरार

  • साउन २२, २०८३
  • ६२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, साउन २२ । सिरहा प्रहरीले सखुवानान्कारकट्टी गाउँपालिका–४ स्थित बलान खोलाबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५३ किलो ४६५ ग्राम बरामद गरेको छ। घटनामा संलग्न चार जना व्यक्ति भने प्रहरीलाई देख्नासाथ फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेश बहादुर पालका अनुसार मिति २०८३ साउन २१ गते राति करिब ११:५० बजे इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको नियमित गस्ती टोलीले बलान खोलाको क्षेत्रमा गस्ती गर्ने क्रममा चार जना व्यक्तिहरूलाई प्लास्टिकका चार वटा बोरा कपडाको नाम्लो बनाई टाउकोमा बोकेर ल्याइरहेको अवस्थामा देखेको थियो।

प्रहरी टोली नजिकिँदै जाँदा ती व्यक्तिहरूले प्रहरीलाई देख्नासाथ बोरा फालेर अँध्यारोको मौका छोपी फरार भएका थिए। त्यसपछि प्रहरीले घटनास्थलमा रहेका चारवटै बोरा नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो। बरामद गरिएको पदार्थलाई इलाका प्रहरी कार्यालयमा ल्याई तोल गर्दा जम्मा ५३ किलो ४६५ ग्राम हुन आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थ सम्बन्धमा इलाका प्रहरी कार्यालय लहानबाट आवश्यक अनुसन्धान भइरहेको छ। साथै घटनास्थलबाट फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्यलाई समेत तीव्र बनाइएको छ। प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीका लागि अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

मिसन–८४ : निर्णय गर् ...

रहमुल, लहान ६ असोज । सिरहाको कर्जन्हा नगरपालिका–५ कल्याणपुरमा महिला अधिकार, नेतृत्व, सहभागिता ...

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज ६ । लहान नगरपालिकाको वडा नं. १४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

नेपालदेखि भारतसम्मका ...

ओम प्रकाश यादव लहान असोज ६ । विराटनगरस्थित पारस मल्टिस्पेसियालिटी हस्पिटल गुणस्तरीय स्वास्थ्य सेवा, ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१