Siraha Times
ताजा समाचार

जनताको सेवामा खटिने प्रहरीलाई समाजसेवी राम सुरेश यादवको सहयोग

  • साउन १२, २०८३
  • ३७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय झाझपट्टीको सेवा–सुविधा अभिवृद्धि गर्ने उद्देश्यले आफ्नो व्यक्तिगत स्रोतबाट सिलिङ फ्यान र स्ट्यान्ड फ्यान सहयोग प्रदान गर्नुभएको छ।

नेपाल प्रहरी २४सै घण्टा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको सुरक्षामा निरन्तर खटिने संस्था भएकाले आफूले सकेको सानो सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको यादवले बताउनुभयो। उहाँले आगामी दिनमा पनि समाज र राष्ट्रको हितमा काम गर्ने विभिन्न निकायलाई आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहयोग हस्तान्तरणका क्रममा यादवले भन्नुभयो, "नेपाल प्रहरी दिनरात जनताको सुरक्षामा खटिरहेको हुन्छ। उनीहरूको कार्यसम्पादनलाई सहज बनाउन मेरो व्यक्तिगत तर्फबाट सानो सहयोग गरेको हुँ। समाजका हरेक नागरिकले आफ्नो ठाउँबाट प्रहरीसँग सहकार्य र सहयोग गर्ने संस्कार विकास गर्न आवश्यक छ।"

इलाका प्रहरी कार्यालय झाझपट्टीका प्रहरी अधिकारीहरूले समाजसेवी यादवले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक सहयोगले प्रहरीको कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। साथै, प्रहरी र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउन यस्ता सहकार्य प्रेरणादायी हुने उनीहरूको भनाइ थियो।

स्थानीयवासीहरूले पनि समाजसेवी यादवको यस पहलको प्रशंसा गर्दै जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूले सार्वजनिक संस्थाको आवश्यकता बुझेर सहयोग गर्ने संस्कारले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।

समाजसेवी राम सुरेश यादवले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा जनहितका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको स्थानीयवासीहरूको भनाइ छ। यसपटक प्रहरी कार्यालयलाई गरिएको सहयोगले पनि जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीप्रति सम्मान र सहकार्यको भावना झल्काएको उनीहरूको विश्वास छ।

प्रतिक्रिया दिनुहोस

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

देवानगन्ज घटनामा नेप ...

लहान, साउन १२ । नेपाल कुशवाहा कल्याण समाज नगर कार्यसमिति लहान, सिरहाले सुनसरी जिल्लाको देवानगन्ज गाउ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१