जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र विरोध र असन्तुष्टि सिर्जना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सांसद मनिष झाले विधान, सांगठनिक हित र प्रजातान्त्रिक पद्धतिविपरीत मनोमानी ढङ्गले समिति गठन गराएको भन्दै सरोकारवालाहरूले त्यसको कडा प्रतिवाद गरेका छन्।
सम्बन्धित पक्ष तथा सरोकारवालाहरूका अनुसार, पार्टीका जिल्ला स्तरीय समिति, पदाधिकारी, सांसद तथा स्थानीय कार्यकर्ता र सरोकारवाला निकाय एवं पदाधिकारीलाई पूर्ण रूपमा बेवास्ता गर्दै एकपक्षीय र अपारदर्शी ढङ्गले यो समिति गठन गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाले पूर्व सभापति नरेशकुमार सिंहको नेतृत्वमा रहेको मौजुदा जिल्ला शाखा समिति विघटन गराएकाे थियाे । यता, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको २०८३ साउन ४ गतेको निर्णयअनुसार पंकजकुमार महतोको सभापतित्वमा ११ सदस्यीय नयाँ तदर्थ समिति गठन गरिएको पत्र सार्वजनिक भएको थियो। तर, उक्त समिति गठन प्रक्रियामा पारदर्शिताको अभाव रहेको र रेडक्रस जस्तो मानवीय तथा सामाजिक संस्थामा राजनीतिक प्रभाव र मनोमानी चलाइएको भन्दै विरोध चर्किएको छ।
स्थानीय कार्यकर्ता, पार्टीका जिल्ला स्तरीय पदाधिकारी तथा सरोकारवालाहरूले सांसद मनिष झाको यो निर्णय सांगठनिक हित विपरीत रहेको ठहर गरेका छन्। उनीहरूले नियम र विधान विपरीत गठन गरिएको यो एकलाैटी तदर्थ समिति यथाशीघ्र खारेज गर्न नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिसँग जोडदार माग गरेका छन्। रेडक्रसको मर्म, तटस्थता र प्रजातान्त्रिक मूल्य-मान्यता जोगाउनका लागि निष्पक्ष र सर्वस्वीकार्य ढङ्गले पुनः प्रक्रिया अघि बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved