उमेश कुमार साह सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कार्यसमितिको पार्टी कार्यालय सोमबार उद्घाटन गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ का सांसद तथा रास्वपा नेता सिताराम साहले रिबन काटेर बोदेबरसाईन नगरपालिका वडा नम्बर -५ स्थित मिलन चाैकमा पार्टी कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद साहले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई वडा तहसम्म विस्तार गर्न अगुवा कार्यकर्तालाई निर्देशन उनले दिए। कार्यक्रममा बोल्ने बक्ताहरुले संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।
जनतासँग प्रत्यक्ष सम्बन्ध रहने सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले आगामी निर्वाचनमा सफलता हासिल गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उनले व्यक्त गर्नु भएको छ । सांसद साहले जनताको विश्वास जित्ने गरी संगठन निर्माण, जनसमस्याप्रति संवेदनशील भएर काम गर्न तथा पार्टीलाई थप सुदृढ बनाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।
सांसद साहले रास्वपा जनअपेक्षाअनुसार स्वच्छ राजनीति, सुशासन र उत्तरदायी नेतृत्वको पक्षमा निरन्तर अघि बढिरहेको बताए ।गाउँ–गाउँसम्म संगठन विस्तार गर्दै नागरिकका समस्या समाधानमा सक्रिय हुन कार्यकर्तालाई आग्रह गर्दै उनले नयाँ कार्यालयले पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए । रास्वपा बोदेबरसाईन नगर कार्यसमितिका सभापति इन्जिनियर राजु कुमार यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोह बल्दै यादवले रास्वपाको संगठन विस्तारमा जोड दिए ।
कार्यक्रमका सभापति यादवले बोदे बर्साईनमा रास्वपाको संगठनलाई अझ सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा रास्वपा नगर सभापति यादव क्षेत्रीय सभापति र केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन। त्यसअवसरमा विभिन्न व्यक्तिहरूलाई पार्टी प्रवेश गराइएको थियो भने कार्यालय स्थापना तथा उद्घाटनमा सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा पार्टीका नेता दयानन्द गोईत , सुरेन्द्र प्रसाद साह , सरोज कुमार यादव , अनिरुद्व कुमार साह , बिध्या नारायण यादव , अरुण कुमार यादव , लगायतको पार्टी आवद्व नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस
मोटरसाइकल चालकलाई ट्राफिक सचेतना प्रशिक्षण : "सयौं सेकेन्ड बचाउन होइन, आफ्नो र अरूको जीवन जोगाऔं" अभियान सञ्चालन
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic