Siraha Times
ताजा समाचार

मोटरसाइकल चालकलाई ट्राफिक सचेतना प्रशिक्षण : "सयौं सेकेन्ड बचाउन होइन, आफ्नो र अरूको जीवन जोगाऔं" अभियान सञ्चालन

  • साउन ९, २०८३
  • ६१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइकल (मो.सा.) लक्षित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। "सयौं सेकेन्ड बचाउन होइन, आफ्नो र अरूको जीवन जोगाऔं" भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रममा सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना तथा सम्भावित सवारी दुर्घटना न्यूनीकरणका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको हो।

May be an image of text

प्रशिक्षणका क्रममा मोटरसाइकल तीव्र गतिमा नचलाउन, सवारी साधनको सिट क्षमताभन्दा बढी यात्रु नबोक्न तथा अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न आग्रह गरिएको थियो। साथै हेल्मेट लगाउँदा बेल्ट (स्ट्र्याप) राम्रोसँग बाँध्नुपर्ने, मादक पदार्थ सेवन (मा.प.से.) गरी सवारी नचलाउन, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न र वैध सवारी चालक अनुमति पत्र (स.चा.अ.प.) नभएको व्यक्तिले सवारी साधन नचलाउन विशेष जोड दिइएको थियो।

May be an image of motorcycle, scooter and text

त्यसैगरी, सवारी चालक अनुमति पत्र नभएको व्यक्तिलाई आफ्नो सवारी साधन चलाउन नदिन, सवारी चलाउँदा आवश्यक सम्पूर्ण कागजपत्र अनिवार्य रूपमा साथमा राख्न तथा समय-समयमा सवारी साधनको नियमित मर्मतसम्भार गर्न पनि सहभागीहरूलाई सचेत गराइएको थियो।

May be an image of scooter, motorcycle and text

कार्यक्रममा कुनै स्थानमा सवारी दुर्घटना भएको जानकारी प्राप्त भएमा घाइतेको तत्काल उद्धार गरी नजिकको प्रहरी युनिट वा नेपाल प्रहरीको आपतकालीन नम्बर १०० तथा ट्राफिक प्रहरीको सेवा नम्बर १०३ मा तुरुन्त सम्पर्क गर्न सहभागीहरूलाई उत्प्रेरित गरिएको थियो।

May be an image of text

यसका साथै विभिन्न ट्राफिक चिन्हहरूको परिचय, तिनको अर्थ तथा ट्राफिक नियमको पूर्ण पालना गरेर सवारी दुर्घटना न्यूनीकरणमा सबै नागरिकको साझा जिम्मेवारी रहने विषयमा समेत प्रशिक्षण दिइएको थियो। जिल्ला प्रहरी कार्यालयले यस्ता सचेतनामूलक कार्यक्रमले सडक अनुशासन कायम गर्न, ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्न तथा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१