Siraha Times
ताजा समाचार

लहानको हरेक कुनाले भन्छ—शौचालय हमर सबहक शान अछि

  • साउन ७, २०८३
  • ४५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान । बिहानको चहलपहलसँगै लहानका सडकहरू बिस्तारै जाग्छन्। पसलका सटर खुल्छन्, बजारमा मानिसहरूको भीड बढ्छ, ई–रिक्शाहरू यात्रु बोकेर दौडिन थाल्छन्। यही दैनिक दृश्यबीच अहिले एउटा नयाँ कुरा देखिन थालेको छ—सडक किनारका हरिया बोर्डहरू, रङ्गिएका भित्ताहरू र सवारीसाधनमा टाँसिएका सन्देशहरूले नागरिकसँग संवाद गर्न थालेका छन्।sarasafai 3

ती सन्देशको एउटै आवाज छ— “शौचालय हमर सबहक शान अछि।” केही शब्दमा लेखिएको यो सन्देशले लहानमा स्वच्छताको नयाँ बहस सुरु गरेको छ। यसले शौचालयलाई केवल आवश्यकताको वस्तु होइन, सम्मान, स्वास्थ्य, सुरक्षा र सभ्य जीवनको आधार का रूपमा बुझाउने प्रयास गरिरहेको छ।

0f7384af-0765-4c54-b0eb-15e7bb97c51c

लहान नगरपालिकाले अघि सारेको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत नगरका २४ वटै वडामा नयाँ शैलीको जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ। सडकका दायाँ–बायाँ, हाटबजार, गाउँ–टोल, सार्वजनिक स्थान तथा ई–रिक्शासम्म पुग्ने गरी आकर्षक हरियो बोर्ड, वाल पेन्टिङ र स्टिकरमार्फत स्वच्छताको सन्देश फैलाइएको हो।

n

यसपटकको अभियानको विशेषता यसको प्रस्तुति हो। सामान्य सूचना वा अपिलभन्दा फरक, नगरपालिकाले नागरिकको दैनिक जीवनसँग जोडिने स्थानलाई नै सन्देशको माध्यम बनाएको छ। मानिसहरू जहाँ हरेक दिन पुग्छन्, त्यहीँबाट स्वच्छता र मर्यादाको कुरा सम्झाउने प्रयास गरिएको छ। स्थानीय मैथिली भाषामा लेखिएको “शौचालय हमर सबहक शान अछि” भन्ने वाक्यले अभियानलाई अझ आत्मीय बनाएको छ। आफ्नै भाषामा आएको सन्देशले नागरिकलाई केवल जानकारी दिँदैन, आफ्नो समुदाय र जिम्मेवारीसँग जोड्ने काम गर्छ।

nb

अभियानको मूल भावना “मर्यादासँग जोडिएको छ, शौचालय हाम्रो शान हो” भन्ने सन्देशमा केन्द्रित छ। यसले शौचालयलाई परिवारको प्रतिष्ठा, महिलाको सम्मान, बालबालिकाको स्वास्थ्य र सुरक्षित समाज निर्माणसँग जोडेको छ। लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी ले स्वच्छतालाई व्यवहारमा उतार्न जनचेतनाका नयाँ माध्यमहरू प्रयोग गरिएको बताउनुभयो। उहाँका अनुसार, “स्वच्छता केवल एउटा कार्यक्रम होइन, यो नागरिकको जीवनशैलीसँग जोडिएको विषय हो। जब हरेक घरले सरसफाइलाई आफ्नो गर्वको विषय बनाउँछ, तब मात्र स्वच्छ र व्यवस्थित नगर निर्माण सम्भव हुन्छ।”

nbn

नगरपालिकाले आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिँदै विभिन्न वडा तथा टोलहरूमा सडक नाटक, अन्तरक्रिया, सरसफाइ अभियान तथा अन्य जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। लहानका भित्तामा कोरिएका यी शब्दहरू अहिले केवल रङ र अक्षरमा सीमित छैनन्। ती एउटा सन्देश बोकेर उभिएका छन्—स्वच्छता अरू कसैको जिम्मेवारी होइन, आफ्नै सम्मानको विषय हो। र लहान अहिले यही सन्देशका साथ अघि बढिरहेको छ— “शौचालय हमर सबहक शान अछि।”

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा विपद ...

प्रमोद थारु सप्तरी साउन ६ । वर्षायामसँगै बाढी, डुबान, आगलागी, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्को ज ...

खुल्ला दिसाबाट फैलिन ...

ओम प्रकाश यादव लहान, साउन ६। वर्षायाम सुरु भएसँगै विभिन्न स्थानमा अझै पनि खुल्ला दिसा गर्ने प्रवृत्त ...

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१